कान्छारामको सक्रियतामा भोलि देखि प्रत्येक बुधवार समिट एयरले रामेछाप–काठमाडौँ उडान गर्ने निर्णय (पत्रसहित)

| असोज २१, २०८२ मंगलबार

A A A
A A A

२१ असोज, रामेछाप । अन्ततः जिल्लावासीको चौतर्फी माग र दबाबपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले समिट एयरलाइन्स मार्फत प्रत्येक बुधवार मन्थली–काठमाडौँ उडान गर्न अनुमति दिने निर्णय भएको छ । भोलि देखि प्रत्येक बुधवार मन्थली–काठमाडौँ समिट एयरलाइन्सले उडान हुने गर्ने भएको छ । 

 

मंगलबार काठमाडौँ स्थित समिट एयरलाइन्सको प्रधान कार्यालयमा विघठित संसद्का सांसद एवं निवर्तमान ऊर्जा, जलस्रोत सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको उपस्थितिमा रामेछापमा प्रत्येक बुधवार स्थानीयहरू बोक्ने गरी निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

 

रामेछाप–काठमाडौँ उडान गर्न गरिएको एक पत्रमा भनिएको छ, समिट एयर लि.को वायुसेवा कम्पनीको काठमाडौँ–रामेछाप– काठमाडौँमा प्रतिहप्ता १ (बुधवार) नियमित रूपमा उडान सञ्चालन गर्ने गरी’, प्रचलित भाडादरमा यात्रु बोक्ने सहमति गरिएको उक्त पत्रमा उल्लेख छ । 

 

हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महत, उप प्रबन्धक सन्तोष अधिकारी र निर्देशक ऋचा शर्माले हस्ताक्षर गरेको उक्त पत्रमा उडानको अनुमति दिइएको उल्लेख गरिएको छ । अब सोही अनुसार मन्थली (काठमाडौँ–रामेछाप–काठमाडौँ) प्रत्येक बुधवार उडान हुने निवर्तमान ऊर्जा राज्य मन्त्री तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

केही दिन यताको अविरल वर्षाको कारण काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू क्षति ग्रस्त भएपछि रामेछापका स्थानीयहरुले रामेछाप विमानस्थलले स्थानीयहरू बोक्ने गरी रामेछाप –काठमाडौँ उडान गर्न माग गर्दै आएका थिए । 

 

यो हेर्नुहोस् कान्छारामले रामेछाप टाइम्सलाई उपलब्ध गराएको पत्र