रामेछापमा पहिलो पटक विकास निर्माणको अत्याधुनिक परीक्षण गर्ने ल्याब संचालमा आयो

| कात्तिक २२, २०८२ शुक्रबार

A A A
A A A

२१ कात्तिक, रामेछाप । रामेछापमा पहिलो पटक निर्माण क्षेत्रको आधुनिक तरिकाले परीक्षण गर्न सकिने ल्याब संचालनमा आएको छ । अबदेखि व्यक्तिका घरदेखि सबै खाले निर्माणको आधुनिक तरिकाले गरिने परीक्षण मन्थलीमै गर्न सकिने भएको हो । योसँगै विगतमा विभिन्न जिल्लामा ‘स्याम्पल’ लगेर गरिँदै आएको परीक्षण सजिलै मन्थली मै वा ‘फिल्डमै’ पुगेर गर्न सहज बनेको हो । अबदेखि ल्याब परीक्षणकै लागि अन्यत्र जानु पर्ने झन्झट मुक्त भएको हो । 

 

मन्थली–१,भैशेश्वरमा शुक्रबार निर्माण व्यवसायी संघ रामेछापका उपाध्यक्ष कृष्ण थापा मगरले ल्याबको उद्घाटन गरी संचालनमा ल्याएका हुन् । आफूले विगत १७ वर्ष देखि ल्याब परीक्षणकै अनुभव प्राप्त गरेकाले रामेछापको विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘मिथिला सिभिल ल्याब’ संचालनमा ल्याएको संचालक बि.एल‍ महत्तोले रामेछाप टाइम्सलाई बताए । 

 

‘१७ वर्षदेखि मैले यही क्षेत्रमा बिताएको छु’ संचालक महत्तोले रामेछापको विकास निर्माण क्षेत्रको ल्याब परीक्षण गर्नलाई खर्चिलो र झन्झटिलो भइरहेको तर्क गर्दै भने ‘अब सजिलै परीक्षण गर्न सकिन्छ ।’

 

जिल्लामै अत्याधुनिक निर्माण परीक्षण ल्याब संचालना आएपछि निर्माण व्यवसायीहरू हर्षित देखिएका छन् । ल्याबले जिल्लाको विकासलाई गुणस्तरीय निर्माणमा टेवा पुग्ने विश्वास लिएका छन् ।