एमाले रामेछापको पूर्व जिल्ला कमिटीकै नेता तामाङले प्रदेश कमिटी अध्यक्ष ढुङ्गेल र जिल्ला कमिटीका शीर्ष नेताहरूलाई लगाए यस्तो गम्भीर आरोप ?

| कात्तिक २४, २०८२ आइतबार

शेरबहादुर तामाङ र तामाङ्ले केही दिन अगाडि सम्पन्न खाँडादेवी गाउँपालिका वडा नं २ को वडा भेलामा २ जना मात्रै आएपछि सामाजिक संजालमा धेरै कार्यकर्ता देखाउने उद्देश्यले धेरै उपस्थिति देखिएको पहिलेको तस्बिर भन्दै सार्वजनिक गरेको तस्बिर । स्रोत तामाङको फेसबुक ।
A A A
A A A

२३ कात्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका पूर्व जिल्ला कमिटी सदस्य शेरबहादुर तामाङले जिल्लामा पार्टीको संगठन कमजोर बनाउने काम भएको भन्दै नेतृत्व तहमा रहेका नेताहरूको चर्को आलोचना गरेका छन् । उनले नामै तोकेर प्रदेश कमिटी अध्यक्ष समेत रहेका पूर्व मन्त्री कैलाश ढुङ्गेलसहितका केही नेताहरूले जिल्लामा पार्टी व्यक्तिगत स्वार्थको लागि संचालन गरी रहेको आरोप लगाएका हुन् । 

 

शनिवार सामाजिक संजालमै खुल्लम खुल्ला पार्टी नेताहरू प्रति असन्तुष्ट व्यक्त पोखेका खाँडादेवी गाउँपालिका–२ निवासी तामाङले पूर्व अर्थ मन्त्री ढुङ्गेलसहित प्रदेश सांसद एवं निवर्तमान जिल्ला पार्टी कमिटीका अध्यक्ष आनन्द कुमार श्रेष्ठ, वर्तमान अध्यक्ष पुरुषोत्तम कडरिया, समाज सेवी नेताको पहिचान बनाएका नेता रत्न कँडेल, खाँडादेवी गाउँपालिका अध्यक्ष समेत रहेका ज्ञानकुमार श्रेष्ठ, पूर्व पालिका अध्यक्ष एवं नेता प्रेम तामाङसहितका नेताले नितान्त आफ्नो व्यक्तिगत स्वार्थको लागि पार्टीलाई संचालन गरेको आरोप लगाएका हुन् । 

 

जिल्लामा विगतमा निकै बलियो संगठन रहेको पार्टी एमाले अहिले आएर वडा भेला गर्दा १ जना पनि उपस्थित नहुने चरणमा पुर्‍याएपछि पहिले–पहिले कार्यक्रम गर्दा खिचेका तस्बिर हाल्दै कार्यक्रम (भेला) सकियो भन्नु पर्ने अवस्थामा पुर्‍याएको उनको आरोप छ । रामेछाप टाइम्ससंग कुरा गर्दै तामाङले भने ‘उनीहरूलाई पार्टीको मतलब छैन । पार्टी ५०/६० जनाको मात्रै भए पनि केही फरक पर्दैन तर आफू जसरी भए पनि बलियो पदमा पुग्नु पर्‍यो ।’

 

९ वटा रहेको खाँडादेवी गाउँपालिकाको वडा भेला सकिँदा २ र ४ नम्बर वडासहितका वडामा २–२ जना मात्र कार्यकर्ता देखिएको र केही वडामा त १ जना पनि नआएपछि विगतको फोटो सामाजिक संजालमा राखेर भेला (कार्यक्रम) सकाइएको भनेर प्रचारप्रसार गरिँदै आएको उनको दाबी छ । वडा तहमा रहेको केपी ओली प्यानललाई बाहेस गर्न खोज्दा यो हालत हुन पुगेको उनको दाबी छ । 

 

युवा संघको केन्द्रीय सचिवालय एवं उद्योग विभाग प्रमुख समेत बनिसकेका तामाङले पार्टी कमजोर बन्दै गएकोमा आफू दुखित रहेकै कारण कमजोर पार्नेहरू विरुद्ध बोल्न थालेको दाबी गरे । ‘ढुङ्गेलसहित ५/६ जनाको नामै भनिदिन्छु नि’ भन्दै नाम दोहोर्‍याएका उनले पार्टी कमजोर पार्ने उनीहरू नहटे सम्म एमालेको केही हुन नसक्ने उनको तर्क छ ।  

 

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष ढुङ्गेलले केन्द्रमा ‘ओली प्यानल’ छोडेर विद्या भण्डारी प्यानलमा गएको कारण वडा तहमा ओली निकटका कसैलाई खबर नदिई सुटुक्क भेलाहरू सक्न खोज्दा कार्यकर्ता शून्य देखिएको भनाई छ । जिल्लामा अहिले एमाले प्रष्ट दुई गुटमा ‘भिडिरहेको’ भन्दै नेताहरूको कारण कार्यकर्तामा नैराश्यतामा रहेको दाबी गरे । 

 

एमालेमा केन्द्रीय अध्यक्षबाट पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई हटाउनु पर्ने देशभरका जनता तथा पार्टीमा समेत आवाज उठिरहेका बेला ओलीले बाहेक अरूले पार्टी हाँक्न नसक्ने जिकिर गरेका नेता तामाङले जिल्ला कमिटीका ...ती नेताहरूले आफ्नो राजनीतिक स्वार्थको पार्टीलाई शून्यतामा पुर्‍याएको आरोप दोहोर्‍याए । 

 

खाँडादेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका नेता तामाङले प्रदेश कमिटीका अध्यक्ष र जिल्ला कमिटीका नेताहरूले जनताको समस्या, गुनासो र सकारात्मक काम नगर्दा उनीहरूलाई ‘साइट’ लगाएर जनता र कार्यकर्ताले हटाउन लाग्नु पर्ने धारणा राखे । 

 

बाँकी भिडिओमा हेर्नुहोस् के–के भने नेता तामाङ्ले