‘जेन्जी भन्दै’ सडकमा उत्रिएका स्ववियु सभापति थापाको एमाले प्रदर्शनमा उद्घोष ‘हामीले गर्दा नगर र सांसदका घर जल्नबाट बचे’
२९ कात्तिक, रामेछाप । गएको भदौ २३ गते नवजवान १९ युवाहरूको हत्या गरिएपछि २४ गतेको ‘विध्वंसकारी जेन्जी आन्दोलन’ र त्यसपछि देशभर भएको ‘जेन्जी पुस्ताहरू’ जिल्ला जिल्लाको प्रदर्शनको क्रमै मन्थलीमा पनि ‘स्वतन्त्र जेन्जीको पहिचान लिएर’ सडकमा उत्रिएका (स्ववियु) सभापति समेत रहेका (अनेरास्ववियु) का विद्यार्थी नेता सुशील थापाले आफूहरूको कारण रामेछापका नेता तथा सांसदहरूको घर जल्नबाट बचेको उद्घोष गरेका छन् । उनले भने ‘हामी त्यो आन्दोलनमा भएको कारण यहाँको नगर, सरकारी कार्यालयहरू र सांसदका घरहरू जलाउन बाट बच्यो ।’
शनिवार मन्थलीमा भएको नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले भने ‘हामी त्यो आन्दोलनमा भएको कारण यहाँको नगरपालिका, सांसदहरूका घर जल्नबाट बच्यो’ । तत्कालीन समयमा पार्टीको निर्देशन र नियम विपरीत जेन्जीको नाममा सडकमा उत्रिएर पार्टीका नेताहरूको ‘तारो’ बनेका थापाले सडकबाटै एमाले र ओलीको पक्षमा धारणा बोलेका हुन् । २४ भदौंमा मन्थलीमा निस्किएको र्यालीमा कांग्रेस, एमालेकै विद्यार्थी नेताहरु जेन्जी भन्दै सडकमा उत्रिएर तत्कालीन ओली सरकारकै विरुर्द्धमा नारा लगाएका थिए । जसमा सभापति थापासहितका अनेरास्ववियुका विद्यार्थी नेताहरु पनि थिए ।
विद्यार्थी नेता थापाको बोलिलाई एमाले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले पनि बचाऊँ गर्दै एमालेले नेतृत्व गरेको ठाउँमा नराम्रो हुँदैन भने । उनले थापाले उल्लेख गरेको विषयलाई साथ दिँदै एमालेले सधैँ जनहितमा मात्रै काम गर्ने दाबी गरे ।

बालेन शाह र सुदन गरुङहरुले जेन्जीको आन्दोलन हाइज्याक गरेको आरोप लगाएका उनले एमालेको नेतृत्वमा सर्वदलीय सरकार गठन गरेर जेन्जीको माग पूरा गर्नु पर्ने उनको तर्क छ । ‘हाम्रो पार्टीमा कोही भ्रष्ट्रचारि भए अहिलेको सरकारले छानबिन गरोस् के हेरेर बसेको छ’ भन्दै चुनौती दिएका उनले लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारी दिनु पर्ने र जेन्जीका मागहरू पुरा गर्नु पर्ने तर्क गरे ।
एमालेमा जेन्जी आन्दोलनपछि युवाहरूले आफ्ना आवाज बुलन्द गर्दै नेतृत्व तहमा युवाहरूको बाहुल्यता हुनु पर्नेमा समेत जोडदार माग गर्न थालेको बुझिएको छ ।
