भाइरल फ्युको संक्रमणपछि बन्द उमाकुण्डका विद्यालय आज देखि खुले, ५ जनाको ‘स्वब परीक्षण’को लागि पठाइयो
फाइल तस्बिर
०१ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिकाका विभिन्न वडामा विद्यार्थी र अभिभावकहरू एकै पटक भाइरल फ्युका कारण बिरामी परेपछि तीन दिनका लागि बन्द गरिएको विद्यालय आजदेखि खुल्ने भएका छन् । साथै, भाइरल फ्यु देखिएका ५ जना संक्रमितहहरुबाट स्वबलाई परीक्षणको लागि पठाइको छ ।
सोमबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार सोमबार देखि विद्यालय खुल्ने भएका हुन् । ‘तीन दिन सम्म क्वारेनटाइन राखेपछि त्यस्तो समस्या अरूलाई सर्दैन’, अब भाइरल फ्यु नसर्ने बताउँदै स्वास्थ्य प्रमुख सुनुवारले भने ‘आजदेखि विद्यालय खुले ।’
उनका अनुसार गम्भीर प्रकृतिको फ्यु देखिएका ५ जना बिरामीको ‘स्वाब परीक्षणको’ लागि काठमाडौँ पठाइएको बताउँदै सङ्क्रमण बारेमा रिपोर्ट आएपछि थप जानकारी हुने छ । ‘अहिले नै के हो भन्ने बारेमा भन्न सकिँदैन, रिपोर्ट आएपछि थाहा हुन्छ ।’
अधिकांश बिरामीमा एकै प्रकारको लक्षण देखिएकाले प्रीतिका ५ जनाबाट नमुना संकलन गरी पठाइएको उनको भनाई छ । च्यादलु स्थित गाउँपालिका अस्पतालबाट अब विभिन्न प्रकार सेवा सुचारु गर्न लागि परेको दाबी गर्दै उनले ऐ–क्सरे सहितका सेवा केही समयपछि सुरु गर्ने तयारीमा रहेको समेत उनले जानकारी दिए ।
