काँग्रेस रामेछापले डाक्यो बैठक : ‘सांसद’को उम्मेदवार बन्नेको नाम सिफारिस गर्ने र नयाँ क्रियाशील वितरण मुख्य ऐजेण्डा

| मंसिर २३, २०८२ सोमबार

विपी स्मृति भवन, मन्थली । फाइल तस्बिर
A A A
A A A

२२ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापले शनिवार जिल्ला बैठक आह्वान गरेको छ । केन्द्रले आगामी पुसमा वडा देखि अधिवेशन सुरु गर्ने निर्णय गरेपछि बस्न लागेको यो बैठकले विविध  विषयमा छलफल तथा निर्णय गर्न लागेको जनाएको छ । बैठक पार्टी कार्यालय विपी स्मृति भवन मन्थली भैशेश्वरमा बस्ने छ । 

 

१५ औँ महाधिवेशनपछि पूर्णबहादुर तामाङ (कान्छाराम) नेतृत्वमा पुगेपछि विभिन्न आरोह–अवरोह खेप्दै संचालन भइरहेको नेपाली काँग्रेस रामेछाप पछिल्लो केही समय विवादरहित अवस्थामा रहेका बेला जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रमुख सल्लाहकार, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) र (ख) दुबैका सभापति समेतलाई बैठकमा डाकिएको जिल्ला कार्यसमिति सदस्य सुरेश सुवेदीले जानकारी दिए । 

 

उक्त बैठकमा आसन्न राष्ट्रिय सभा, प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक) (‘सांसद’ बन्नेहरु आकांक्षि) को उम्मेदवारको नाम सिफारिस गर्ने, क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरण गर्ने बारेमा निर्णय गर्ने पार्टीका सचिवद्वय दीपक खड्का र विनोद कार्कीले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।

 

१२ हजार बढी क्रियाशील सदस्य रहेको नेपाली काँग्रेस रामेछापमा ९ हजार ७५३ जनाले नवीकरण गरी सिस्टममा इन्ट्रि गराइ सकिएका मध्येबाट पुनः नयाँ सदस्य वितरण गर्ने निर्णय गरेपछि बैठकले नयाँ सदस्य वितरण बारे निर्णय गर्न लागेको सचिव दीपक खड्काले बताए । 

 

सचिवद्वयले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ‘तोकिएको मितिमा वडा देखि जिल्ला सम्मको १५ औँ अधिवेशन’ सहितको निर्णय गर्ने छ । 

 

त्यस्तै हाल सम्म गरिएका खर्च एवं आर्थिक प्रतिवेदन माथि पनि बैठकमा छलफल हुने पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) का स्वकीय सचिव समेत रहेका नेता सुवेदीले बताए ।

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार