गोकुलगंगा गाउँपालिकाले दियो नामाडीका किसानलाई अनुदानमा १५ वटा होलस्टेन र जर्सी गाई

| असार १५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१५ असार, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानलाई उनन्त जातको गाई हस्तान्तरण गरेको छ ।

 

मंगलबार पालिकाको वडा नं ५ नामाडीका समूह मार्फत गाई पालन गर्न  इच्छुकहरुलाई गाई हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार संघ, प्रदेश र पालिकाको ८५ प्रतिशत लागत र किसानहरुको १५ प्रतिशत लागत लाग्ने गरि गाई वितरण गरिएको हो । नामाडीमा होलस्टेन र जर्सी गाई १५ वटा समूहमा छनोटमा परेका सहकारीको माध्यबाट ब्यवसायीक बन्न चाहनेहरुलाई गाई प्रदान गरिएको सुवेदीले रामेछाप टाइम्सलाई बताए ।

 

किसानहरुलाई ब्यवसायीक गाई पालन गर्ने, पशुपालनमा आर्षित् गर्न, दुध उत्पादनलाई तिवृ पार्नेको लागि गाई हस्तान्तरण गरिएको उनले बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार