काँग्रेस रामेछापले आज आउँदो निर्वाचनमा उम्मेद्वार बन्नेहरूको नाम सिफारिस गर्दै, आकांक्षिहरुले १ बजे सम्म उम्मेद्वरी दिन सक्ने

| मंसिर २९, २०८२ आइतबार

A A A
A A A

२८ मंसिर, रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको शनिवार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वार बन्नको लागि आकांक्षिहरुको उम्मेद्वारी खुल्ला गरेको छ । शनिवार बसेको बैठकले निश्चित मापदण्ड तय गरेपछि आइतबार बिहान ८ बजेदेखि दिउँसो १ बजे सम्म दर्ता गर्न मिल्ने गरी आकाक्षिहरुको (उम्मेद्वारी) दर्ता खुल्ला गरिएको काँग्रेस रामेछापले जनाएको हो । 

 

आइतबार करिब २ बजेदेखि पार्टीको पूर्ण बैठक बस्दै छ । उक्त बैठकले दर्ता भएका उम्मेद्वारहरुको नाम सिफारिस गर्ने तयारी रहेको बुझिएको छ।

 

नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ १ महिला सहित ३ जना, समानुपातिक तर्फ १ महिला सहित २ जना, राष्ट्रिय सभा सदस्य तर्फ ३ जना गरी ८ जना उम्मेदवारको नाम सिफारिस गर्नु पर्ने छ । 

 

उम्मेद्वारी दिनको लागि पार्टीले तोकेको लेवी चुक्ता गरेको पत्र पेस, एक अवधि कुनै पनि तहमा उम्मेदवारको दाबी नगर्ने लिखित प्रतिबद्धता समेत बुझाउनु पर्ने पार्टीले मापदण्ड तय गरेको छ।  

 

त्यस्तै, प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको उम्मेद्वार बन्नेले फाराम बुझाउँदा रु १५ हजार, समानुपातिकतर्फ रु ५ हजार र राष्ट्रिय सभा सदस्यतर्फ रु ५पाँच हजार रुपैयाँ बुझाउनु जनाएको छ । साथै, हाल कुनै पनि निकायमा बहाल वाला नरहेको हुनु पर्ने छ ।