प्रतिनिधि र राष्ट्रिय सभाको उम्मेद्वार बन्न काँग्रेस रामेछापमा २९ जनाले ‘दरखास्त आवेदन’ दिए (नामावलीसहित)
२८ मंसिर, रामेछाप । नेपाली काँग्रेस रामेछापमा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बन्नको लागि कूल २४ जनाले उम्मेद्वारी पेस गरेका छन् । यद्दयपी उम्मेद्वारी (दरखास्त) पेस गरेकाहरूको नाम जिल्ला कार्यसमिति बैठकमा पेस गरी निर्णय अर्थात सिफारिस भने भइसकेको छैन । प्रतिनिधि र राष्ट्रिय सभा दुवैको खुल्ला र समानुपातिक गरी कूल ८ जना उम्मेद्वारहरुको नाम सिफारिस गर्नु पर्नेमा २९ जना आकाङ्क्षीहरूले उम्मेद्वार बन्नको लागि ‘नाम टिपाएका’ हुन् ।
आइतबार बिहान ८ बजेदेखि खुल्ला गरिएको दरखास्त फारम भर्नको लागि प्रत्यक्ष तर्फ कूल १० जनाको उम्मेद्वारी परेको छ । प्रत्यक्ष तर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस हुने छ । दरखास्त पेस गर्नको लागि शनिवार बसेको बैठकले तोकेको मापदण्ड पुरा गरेका उम्मेद्वारहरुले फारम भरेर उम्मेद्वारी दिएका हुन् ।
पार्टीका प्रवक्ता कुमार श्रेष्ठले रामेछाप टाइम्ससंग भने ‘फारम धेरै जनाले लगेका छन् । प्राप्त भएको विवरण यी नै हुन् ।’ फारम बुझाउनको लागि दिउँसो १ बजे सम्मको समय तोकिएको थियो ।
त्यस्तै, समानुपातिक तर्फ कूल १४ जनाले दरखास्त पेस गरेका छन् । समानुपातिक तर्फ पनि एक महिलासहित २ जना सिफारिस हुनु पर्ने छ।
त्यस्तै माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वार बन्नको लागि ५ जनाले दरखास्त दिएका छन् । दिउँसो १ बजे सम्म पार्टी कार्यालय बिपी स्मृति भवन मन्थली फारम बुझाइएको विवरण अनुसार ३ जनाको नाम सिफारिस गर्नु पर्ने राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बन्नको लागि ५ जनाले आफ्नो आवेदन पेस गरेका हुन् ।
यसरी आवेदन दिएका विवरण पक्रिया अनुसार बैठकमा पेस भने यो समाचार तयार पार्दा सम्म भइसकेको छैन । पार्टी सभापति पूर्णबहादुर तामाङको सभापतित्वमा पूर्ण (विस्तारित) बैठक पनि सुरु भएको छ ।
स्रोतका अनुसार आवेदन पेस गरिएका उम्मेद्वारहरुको दरखास्त जिल्ला कार्यसमितिले आवश्यक ठानेको खण्डमा आवश्यकता अनुसार नै माथिल्लो तहमा सिफारिस गर्न सक्ने छ । भने, मिल्न नसक्ने सम्भावना देखिएमा परेका सबै आवेदन सिफारिस गर्न सक्ने पनि अवस्था रहेको छ ।
आवेदन दिएका मध्येको नामसहितको विवरण यस प्रकार रहेको छ ।






