काँग्रेसबाट राष्ट्रिय सभा सदस्य बन्न डा.कर्माचार्य र खड्कासहित ५ जनाको आवेदन, को पर्ला सिफारिसमा ?
२८ मंसिर, रामेछाप । आगामी माग ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि रामेछापमा नेपाली काँग्रेसको उम्मेद्वार बन्न डाक्टर सुमन कर्माचार्यले उम्मेद्वारी दिएका छन् । ३ जनाको नाम सिफारिस हुनु पर्नेमा शनिवार दिउँसो १ बजे सम्म दर्ता खुल्ला गरिएको उम्मेद्वारीमा डाक्टर कर्माचार्यसहित ५ जनाले नाम दर्ता गरेका हुन् ।
लामो समयदेखि बिपी बिचारबाट प्रभावित र बिपी कोइरालासँग तत्कालीन समयमासंगै काम समेत गरेका तामाकोशी अस्पतालका डाइरेक्टर डाक्टर कर्माचार्यले राष्ट्रिय सभा सदस्य बन्नको लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।
कर्मचार्यसंगै विनोद कार्की (उमाकुण्ड–२), शिक कुमार श्रेष्ठ (गोकुलगंगा–२), आङटावा शेर्पा (गोकुलगंगा–१) र रामचन्द्र खड्का (सुनापति–४) ले राष्ट्रिय सभा सदस्यको लागि उम्मेद्वारी दिएका छन् । खड्का नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति समेत हुन् । उनी जिल्लामा पार्टीका पुराना नेता समेत मानिन्छन् । शिव श्रेष्ठ वैचारिक र पार्टीको विश्लेषकको रूपमा परिचित छन् भने, आङ टावा पूर्व सांसद समेत हुन् ।
यद्दयपी उम्मेद्वारी दिएका तीन जनाको मात्रै नाम टुङ्गो लाग्ने छ । जिल्ला कार्यसमिति एवं विस्तारित बैठकले उनीहरूको नाम सिफारिस गर्ने छ । यो समाचार तयार पार्दा सम्म नाम सिफारिस भने गरी सकेको छैन ।

