रामेछापमा नेपाली सेनाले ६ दिने अचार बनाउने तालिम थाल्यो

| मंसिर ३०, २०८२ सोमबार

A A A
A A A

२९ मंसिर, रामेछाप । नेपाली सेनाको कल्याणकारी बोर्डले रामेछापको मन्थलीमा ६ दिने अचार बनाउने तालिम सुरु गरेको छ । खड्ग दल गण रामेछापका प्रमुख सेनानी प्रमोद पौड्यालसहितको उपस्थितिमा आइतबार देखि जिल्ला सदरमुकाम आसपास बसोबास गर्ने स्थानीयहरूलाई स्वादिष्ट अचार बनाउने तालिम सुभारम्ब गरिएको पूर्व नेपाली सेना केशव घिमिरेले जानकारी दिए । 

 

आगामी पुस ४ गते सम्म भूपू सैनिक रामेछापको भवनमा सञ्चालन हुने तालिममा करिब ४५ जना महिला, पुरुष सहभागी रहेका छन् । आम मानिसहरूलाई व्यावसायिक र उत्पादनमा जोड् दिने उद्देश्यले सेनाले सिकेका सिपलाई व्यवहारिक बनाउने गरी तालिम प्रदान गर्न लागेको पूर्व सेना एवं व्यवसायी घिमिरेको भनाई छ । 

 

तालिमको सुभारम्ब गर्दै प्रमुख सेनानी पौड्यालले सबै मानिसहरू जुन सुकै सीपमा आबद्ध रहेर उत्पादनमा जोडिनु पर्नेमा जोड् दिए । अचार नेपाली मात्रै नभएर विश्वका आम मानिसहरूको खानाको प्रमुख परिकार रहेकाले तालिमबाट स्वादिष्ट र थरी थरी  परिकारका अचार बनाउन सिकाइने र सिक्नु पर्नेमा उनको धारणा थियो । 

 

नेपाली सेनाले बेला बखत शान्ति सुरक्षासँगै आम मानिसहरूलाई सीप मूलक र आय आर्जनसँग जोड्नको लागि यस्ता तालिम एवं अवसरहरू प्रदान गर्दै आइरहेको समेत प्रमुख सेनानी पौडेलले स्मरण गराए । 

रामेछाप टाइम्स
| मंसिर २८, २०८२ शनिबार