जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछाप खिम्तीका जीवन कार्की विजयी

| पुस ७, २०८२ सोमबार

फाइल फाेटाे
A A A
A A A

०७ पुस, रामेछाप । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–६,खिम्तीका जीवन कार्की निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा कार्कीले अन्य ३ जना उम्मेद्वारलाई पछि पार्दै १ वर्षे कार्यकालको लागि राष्ट्रिय अध्यक्षमा विजयी बनेका हुन् । 

 

गत निर्वाचनमा समेत राष्ट्रिय अध्यक्षको उम्मेद्वार बनी पराजित बनेका कार्की दोस्रो प्रयासमा जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित बनेका हुन् । 

 

मधेश प्रदेशको जनकपुर जेसिजले आयोजना गरेको वर्ष २०२६ का राष्ट्रिय निर्वाचनमा विजय गुरुङलाई ८७ मतले पछि पार्दै कार्की निर्वाचित बनेको रामेछाप जेसिजका अध्यक्ष कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार निर्वाचित कार्कीले ५१२ मत पाउँदा गुरुङले ४६२, तेस्रो मत पाएकी लक्ष्मी रश्मि शिल्पाकारले १४७ र चौथो मत प्राप्त गरेका राजा राम गौतम ८३ मत प्राप्त गरेका हुन् ।

 

युवाहरूको क्षमता विकाससँग सम्बन्धित रहेर काम गर्दै आएको जेसिज अन्तर्राष्ट्रिय ४० वर्ष मूनीका युवाहरूको बाहुल्यता रहेको संगठन हो । अध्यक्षमा निर्वाचित कार्कीले योसंगठनको आवश्यकता अनुसार थप शुढृड् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन्

 

मिलन घिमिरे (बि क)
| मंसिर ३०, २०८२ सोमबार
रामेछाप टाइम्स
| मंसिर २८, २०८२ शनिबार