उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अञ्जन घिसिङ, सचिवमा मैनाली

| पुस ७, २०८२ सोमबार

A A A
A A A

०७ पुस, रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अञ्जन घिसिङ चयन भएका छन् । उनको नेतृत्वमा सुनापति, खाँडादेवी, उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशीका मानिसहरुलाई समेट्दै सोमबार जिल्ला कमिटी गठन गरिएको हो । 

 

जेन्जी विद्रोह पछि निर्माण गरिएको कुलमान घिसिङको प्रमुख संरक्षणमा सञ्चालित पार्टीले मन्थलीमा गरेको प्रथम भेलाबाट मन्त्री घिसिङसहितको उपस्थितिमा जिल्ला कमिटी गठन गरिएको हो । उक्त भेलाले सचिवको जिम्मेवारीमा सुनापति गाउँपालिका बेथानका युवा राज मैनालीलाई सचिवको जिम्मेवारी दिएको छ । भने, अरू बाँकी पदाधिकारीमा पछि थप्ने गरी भीमबहादुर तामाङ (फुलासी), अमृत रुम्बा (उमाकुण्ड), पवन कुमार तामाङ (सुनापति), तिलक बहादुर तामाङ, जयराम घिसिङ (खाँडादेवी–६), मानबहादुर तामाङ (मन्थली–७),सन्त तामाङ (खाँडादेवी–६), राम बल (खाँडादेवी–९), खड्क थोकर (खाँडादेवी–८), राज कुमार केसी (खाँडादेवी–५), शेरबहादुर बल (खाँडादेवी–२), शुकमान तामाङ, कुमार घिसिङ, कैलाश लामा, सुनिल लामा, नरेश तामाङ, सरप लामा (दोरम्बा शैलुङ), अर्जुन घिसिङ (दोरम्बा शैलुङ–१), मीनबहादुर घिसिङ (दोरम्बा शैलुङ–२), ठन्द बहादुर श्रेष्ठ, तीर्थ थापा मगर, ज्ञानबहादुर लामा (खाँडादेवी–), राज कुमार तामाङ (गोकुलगंगा–२), रत्न घिसिङ (लिखु तामाकोशी–७) सुपथ तामाङ (लिखु तामाकोशी–५), राजेन्द्र पौडेल (लिखु तामाकोशी–९) सदस्य बनेका छन् । 

 

उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि बनेर आएका अन्तरिम सरकारका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको क्याप टोली लगाएर बधाई दिँदै पार्टीमा आबद्ध भएको प्रमाण दिएका थिए । साथै, कुलमानले उज्यालो नेपालमा जोडिएका संयोजकसहितको जिल्ला कमिटीले आगामी फागुन २१ गतेको निर्वाचनमा बहुमत ल्याउने गरी उज्यालो नेपाललाई जिताउन अपिल समेत गरेका थिए ।