मन्थली खानेपानी समितिको सदस्य पदमा दिनेश सुवेदी निर्वाचित, १० मतले हराए विजयलाई
१२ पुस, रामेछाप । मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति एरिया नं १ को सदस्यका लागि भएको निर्वाचनमा ५४ मत ल्याएर दिनेश सुवेदी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी विजय सुवेदीलाई १० मतको अन्तरले पराजित गरेका हुन् । कूल खसेको ९९ मतमा १ मत खाली रहेको र ५४ मत ल्याएका दिनेशले विजयी हासिल गरेको मत गणना स्थलबाट तीर्थ सुवेदीले रामेछाप टाइम्सलाई बताए ।
१३३ जना कूल मतदाता रहेको उक्त क्षेत्रको १ पदको लागि दुई जनाले आफ्नो दाबी नछाडेपछि शनिवार मतदान भएको थियो । सुवेदीद्वय एउटै गाउँका दाजुभाइ हुन् । समितिको अध्यक्षसहितको बाँकी पदमा भने सबै निर्विरोध निर्वाचित भइसकेका छन् ।
