चोकमा मन्थली नगरपालिकाकै कर्मचारीले अब नगरको भवन जलाउनु पर्छ भने: मेयर श्रेष्ठ
फाइल फाेटाे
१३ पुस, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जेन्जी आन्दोलनको क्रममा नगरपालिकामै कार्यरत कर्मचारीहरूले नगरपालिका भवन जलाउनु पर्छ भनेर लागि परेकोमा असन्तुष्टि जनाएका छन् । २०३० साल देखि कर्मचारी भएर राज्यका विभिन्न तहमा कार्यरत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।
आइतबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले जेन्जी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले भने ‘मेरै नगरपालिकाकै कर्मचारी चोकमा अब नगरको भवन जलाउनु पर्छ भने’, आफू आन्दोलन हुँदा नगरपालिका भित्रै भएको उल्लेख गराउँदै मेयर श्रेष्ठले थपे ‘त्यही बाउले कमाएको सम्पत्ति खाने अनि बाउलाई नै कुट्ने’ ।
युवाहरूले पनि नैतिक र व्यवहारिक कुरा लागू गर्न नसकेको तर्क गर्दै राज्यको स्रोत परिचालन गर्न सबैसँग समन्वय गरिरहेको उनको जोड् छ ।
सिंहदरबार जलाउँछु भन्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने जिकिर गरेका मेयर श्रेष्ठले गलत गर्ने जोकोही भए पनि कारबाहीको दायरामा ल्याउनु आउनु पर्ने बताए । ‘जनप्रतिनिधिहरू २/४ वर्ष राज्यको पदमा बस्दा विभिन्न आरोप प्रत्यारोप गरेर कानुनको दायरामा ल्याउनु पर्ने र बिसौँ वर्ष ब्यूरोकेट्मा बस्नेहरू चैँ अनुसन्धानको दायरामा आउनु पर्दैन’ ।

