रामेछापमा तरुण दल र नेविसंघद्वारा राँके जुलुस सहित पर्दशन

| असार १६, २०७८ बुधबार

फाेटाे अप्रिल अधिकारीबाट प्राप्त
A A A
A A A

१६ असार,रामेछाप । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरुण दल रामेछाप र नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राँके जुलुस सहित पर्दशन गरेका छन् । 


बुधबार साँझ ७ : २० बजे सदरमुकाम मन्थलीमा संयुक्त रुपमा वर्तमान सरकार विरुद्ध राँके जुलुससहित पर्दशन गरेका हुन । उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

 

भ्रष्टाचार बढेकाे, काेराेना राेकथाममा सरकार असफल भएको, पेट्रोलियम पदार्थ मूल्य वृद्धि मनलाग्दि गरेकाे, नागरिकलाई काेराेनाकाे भ्याक्सिन उपलब्ध नगराएकाे, विभिन्न निकायमा असंवैधानिक नियुक्ति गरेकाे भन्दै बिराेध पर्दशन गरेका थिए । पेट्रोलियम पदार्थको बढाएको मूल्य तत्काल फिर्ता लिन उनीहरूले माग गरे ।


उनीहरुले संसद पटक पटक विघटन गरेर सरकारले आफू असफल भएको प्रमाण दिएकाे जिकिर गरेका छन् । संसद पुःन स्थापना हुनुकाे विकल्प नरहेकाे नेविसंघका नेता उत्तम कार्कीले बताए  । 


तरुण दल र नेविसंघकाे संयुक्त आयाेजनामा भएको विरोध पर्दशनमा कांग्रेसका युुुवा नेेेता दिपक खड्का र जिल्ला कार्यसमिति सदस्य लिला तामाङ सहित तरुण दल र  नेविसंघका कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार