मातहतका ‘हाकिमलाई’ रामेछापका सिडिओ थापाको निर्देशन: शुक्रवारै पिछे लाइन लागेर गाडीको पास लिन नआउनुस्

| पुस १३, २०८२ आइतबार

A A A
A A A

१३ पसु, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ/सिडिओ) श्याम कृष्ण थापाले लाइन लागेर सवारी पास लिन आउने प्रवृत्ति सुधार्न गर्न मातहतका कर्मचारीलाई आग्रह गरेका छन् । उनले भने ‘शुक्रवार हुने बित्तिकै कर्मचारीसाथिहरुको सवारी पासको लाइन लागेर आउँछ, अब यो काम गर्ने बेला हो काम गरौँ । फिल्ड जाऊ । हामीलाई पनि लानूस्, तर हप्ताको शुक्रवार आउने बित्तिकै काठमाडौँ नदौडिऊ ।’

 

आइतबार जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको जिल्ला स्थित प्रादेशिक कार्यालयहरूको प्रथम चौमासिक समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी थापाले यस्तो बताएका हुन् । अति आवश्यक काम परे वा स्वयम जानु पर्ने अवस्था भए मात्रै जिल्ला बाहिर जान निर्देशन गर्दै समन्वय प्रमुख थापाले कर्मचारीहरू जिम्मेवार भएर काम गर्न निर्देशन दिए । 

प्रादेशिक कार्यालयहरूको प्रथम चौमासिक प्रगति विवरणबाट सन्तुष्ट नदेखिएका प्रजिअ थापाले कार्यालय प्रमुखहरूले केही कर्मचारीहरूलाई मात्रै हाता लिएर काम गर्छु भन्ने भ्रमबाट मुक्त हुन समेत कार्यालय प्रमुखहरूलाई सुझाए । समस्या भए मिलेर समाधान गर्न लाग्ने ढाडस दिएका उनले अर्को पटकको समीक्षा (६ महिना) मा ८० प्रतिशत खर्च कटाउनुस्’ भने ।

 

‘कार्यालय प्रमुखले केही कर्मचारीहरू मात्रै च्यापेर काम गर्छु भन्ने नियत राखेर सफल भइँदैन, त्यो भावनाबाट मुक्त हुनु पर्छ’ भन्दै प्रजिअ थापाले थपे ‘सबैलाई समेटेर सामूहिक भएर अगाडि बढ्नुस्’ । जिल्लाका केही कार्यालय प्रमुख विरुद्ध कर्मचारीहरूले नै उजुरी गरेको उल्लेख गर्दै ‘प्रमुखसाथिहरुले कम्तीमा सबैलाई मिलाऊँ’ भने । 

 

चालु आर्थिक वर्ष २०८२/०८३ को चौमासिक समीक्षामा जिल्ला अस्पताल, भूत तथा जलाधार र सिन्धुलीको खुर्कोटमा रहेको यातायात कार्यालय खुर्कोटबाट समन्वयले डाकेको समीक्षामै सहभागी भएका थिएनन् । 

 

अन्य प्रादेशिक कार्यालहरुले भने हाल सम्म गरेको खर्चसहितको प्रगति विवरणको प्रस्तुति समन्वय प्रमुख चिना खड्का (कार्की), उपप्रमुख प्रेमबहादुर थापासहितको सभामा सुनाएका थिए । 

मिलन घिमिरे (बि क)
| मंसिर ३०, २०८२ सोमबार