पानीको सदस्य पद पाउनै सुवेदीलाई फलामको चिउरा चपाउनु सर : मन्थली खानेपानी ‘उस’को टिमले खाए शपथ (भिडिओसहित)

| पुस १३, २०८२ आइतबार

A A A
A A A

१३ पुस, रामेछाप । मन्थली सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसहितको टिमले खाए शपथ खाएका छन् । २३ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले आइतबार शपथ खाँदै जिम्मेवारी सम्हालेका हुन् । 

 

जिल्ला सदरमुकाम मन्थली स्थिति मन्थली नगरपालिका वडा नं १ र २ को केही भागमा समेत खानेपानी वितरण लगायतको काम गर्दै आएको समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्विरोध चयन भएका पूर्णबहादुर सुवेदी, उपाध्यक्ष यमबहादुर बुढाथोकी, महासचिवमा ढकालबहादुर थापा, सचिवमा शान्ता न्यौपाने (सुवेदी), कोषाध्यक्षमा कुमार घिमिरेसहितको टिमलाई निर्वाचन समितिका प्रमुख लक्ष्मण भुजेलले वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) सहितको उपस्थितिमा शपथ खुवाएका हुन् । 

 

समितिको भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा निर्विरोध र मतदानबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाउँदै सामूहिक एकतालाई शक्तिमा बदल्दै काम गर्न जिल्ला प्रशासन कार्यालय रामेछापका (नासु) एवं निर्वाचन प्रमुख भुजेलले आग्रह गरे । निर्वाचित पदाधिकारीहरूलाई समितिको कार्यालयमा निर्वाचन समितिका संयोजक भुजेलले शपथ खुवाएका हुन् । 

 

मन्थलीमा आफ्नै भवन र राम्रो बजेट बचत गर्न सफल उक्त उपभोक्ता समितिको जिम्मेवारीमा बस्न सदस्यहरू बिच निकै रस्साकस्सी नै चल्ने यो समितिको सदस्यमा एरिया नं १ बाट दिनेश सुवेदी, एरिया नं २ बाट दामोदर प्रसाद घिमिरे, एरिया नं ३ बाट टेकबहादुर श्रेष्ठ, एरिया नं ४ बाट दीपक भट्ट, एरिया नं ५ बाट श्यामकुमार श्रेष्ठ, एरिया नं ६ बाट शंकरबहादुर थापा र एरिया नं ७ बाट रामकुमार श्रेष्ठले मौका पाएका छन् । जसमा एरिया नं १ बाट निर्वाचित सदस्य दिनेश सुवेदी भने ९९ जनाको मतदानबाट ५४ मत प्राप्त गरी सदस्य बनेका हुन् । उनलाई खानेपानीको सदस्य पद पाउनु फलामको चिउरा चपाउनू जस्तो बन्यो । किनकि आफ्नै गाउँका भाइ विजय सुवेदीले दिनेशसँग सदस्य पदमा सहमति हुन नसक्दा १३३ जना एरियाका मतदाताको मतबाट मात्रै सदस्य पदमाको पुर्‍याउने भन्ने टुङ्गो लग्ने निश्चित बनेपछि शनिवार भएको मतदानबाट दिनेशले १० मतले हराएर सदस्य पद पाएका हुन् । 

विगतको विधान एवं सञ्चालक समितिको व्यवस्थालाई नै परिमार्जन गर्दै महिलाहरू पनि जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने भाष्यलाई बल पुर्‍याउन महिलाहरूको संख्या थप गरिएको उसको समितिमा कविता श्रेष्ठ, बिनता काफ्ले र रिता ढुंगेल खुल्ला महिला सदस्यमा निर्विरोध निर्वाचित बनेका छन् । 

 

आफ्नो कार्यक्षेत्र विस्तार गर्दै सुख्खा ग्रस्त क्षेत्रकै पहिचान बोकेको मन्थलीलाई पानीको मात्र पूर्ति गर्दै उसको आर्थिक लगायत सञ्चालक समितिलाई समेत निगरानीमा राख्ने गरी अधिकार सम्पन्न लेखा समिति समेत सदस्यहरूबाटै छानिएको उसको लेखा समिति संयोजकमा दीपक दाहाल निर्विरोध निर्वाचित बनेका छन् । दुई जना आकांक्षि बनेको उक्त समितिमा एक दिनको मिलोमत्तोमा दाहालले जिम्मेवारी पाउँदा रामचन्द्र अधिकारी र निलराज जैसी सदस्यहरूमा निर्वाचित भएका छन् ।

 

मिलन घिमिरे (बि क)
| मंसिर ३०, २०८२ सोमबार