रामेछापबाट काँग्रेसको एक मात्रै समानुपातिक उम्मेद्वार सूचीमा परेपछि ‘गेल्जे’ले भने ‘३६ प्रतिशत जनजातिकै सम्मान हो’

| पुस १६, २०८२ बुधबार

A A A
A A A

१६ पसु, रामेछाप । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको बन्द सूची (लिस्ट) मा परेका रामेछापका एक मात्रै उम्मेद्वार गेल्जे लामा (शेर्पा) ले आफूलाई पार्टीले समानुपातिक उम्मेद्वारको सूचीमा समावेश गर्नु ३६ प्रतिशत जनजातिकै सम्मान गरेको बताएका छन् । उनले भने ‘बहालवाला जनजाति महासंघको नेतृत्वकै गरी रहेको मलाई पार्टीले मूल्याङ्कन गरेर नाम समावेश गर्न ३६ प्रतिशत जनजातिहरूकै सम्मान गरेको हो’ । 

 

बुधवार रामेछाप टाइम्ससंग कुरा गर्दै १४ औँ महाधिवेशनमा पहिलो प्रयासमै आफूलाई जिल्लाका कार्यकर्ताले महाधिवेशन प्रतिनिधि जिताएको स्मरण गरेका नेता शेर्पाले आगामी निर्वाचनमा पनि त्यसै गरी सबै जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे । यस अगाडि जिल्लाबाट उनीसहित आधा दर्जन बढीको नाम जिल्ला कार्यसमितिले सिफारिस गरेको थियो । 

 

‘मलाई त्यो ठाउँमा राख्नको लागि योग्य देख्ने पार्टीका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र जिल्लाका नेता कार्यकर्ताहरू सबैको सहयोग छ’, सबै मिलेर तोकिएकै मितिमा निर्वाचन गर्न सक्नु पर्नेमा जोड् दिँदै काँग्रेस महाधिवेशन प्रतिनिधि शेर्पाले थपे ‘आगामी निर्वाचनमा जो–जो मिले पनि काँग्रेसलाई फरक पर्दैन ।’

 

२०४१ सालमा त्रिचन्द्र कलेजमा अध्ययनरत रहँदा (नेविसंघ) को सदस्य लिएर राजनीति सुरुवात गरेका उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारको देउराली निवासी शेर्पा नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अध्यक्ष समेत हुन् । 

 

हाल काठमाडौँ बौद्धमा बसोबास गर्दै आएका उनी पार्टीमा मात्रै नभएर निर्माणको क्षेत्रमा पनि सक्रिय छन् । नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष बनी चर्चा पाएका गेल्जे नेपाल निर्माण व्यवसायी महासंघको पूर्व सल्लाकार तथा महानर्थ सदस्य रहेका छन् । 

 

कांग्रेस रामेछापले राष्ट्रिय सभा सदस्य बन्न डा.सुमान कर्माचार्य र रामचन्द्र खड्कासहित ५ जनाको आवेदन पनि सिफारिस गरिसकेको छ ।