काँग्रेस विशेष महाधिवेशन : रामेछापबाट एक क्षेत्रीय सभापतिसहित ६ जना सभापतिहरू पक्षमा खुले

| पुस २६, २०८२ शनिबार

A A A
A A A

२६ पुस, रामेछाप । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले नेतृत्व गरेपछि भोलि हुन लागेको काँग्रेसको विशेष महाधिवेशनको सन्दर्भमा हाल सम्म ‘गुपचुप बाहेक’ बाहिर खुलेर बोल्न नसकेको काँग्रेस रामेछापका नेताहरू गगन–विश्वलाई साथ दिने भन्दै औपचारिक रूपमा खुल्न थालेका छन् । काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) हाल सम्म पर्ख र हेरकै स्थितिमा देखिँदा एक क्षेत्रीय सभापति सहित ६ जना नेताहरू भने विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । 

शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सभा ‘क’ का क्षेत्रीय सभापति निरोज खड्का, मन्थली र रामेछाप नगरपालिकाका नगर सभापति द्वय शंकर अधिकारी र कमल विक्रम कार्की विशेष महाधिवेशनको पक्षमा बोलेका हुन् । रामेछापका २५ महाधिवेशन प्रतिनिधि मध्ये २२ जना सम्म मतदानमा पुग्ने दाबी गरिएको अवस्थामा विशेष महाधिवेशन पक्षमा उनीहरु खुल्नुलाई पनि अर्थ पूर्ण रुपमा हेरिरहेको छ ।

 

त्यस्तै उमाकण्ड गाउँपालिकाको पार्टी कार्यवाहक सभापति बाबुराम कटुवाल, गोकुलगंगा गाउँपालिकाका पालिका सभापति मणिकुमार लामा र लिखतामाकोशी गाउँपालिकाका सभापति भोजराज खड्का (सुन्दर) पनि विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् । 

उनीहरूले संयुक्त रूपमा पत्र जारी गर्दै सम्पूर्ण काँग्रेसका कार्यकर्तालाई समेत विशेष महाधिवेशनको पक्षमा आह्वान गरेका छन् । उनीहरूले जारी गरेको पत्रमा भनिएको छ ‘ऐतिहासिक घडीमा पार्टीप्रति निष्ठावान् सम्पूर्ण नेता कार्यकर्ता साथीहरूलाई स्वतःस्फूर्त सहभागिताका साथ अधिवेशन सफल बनाउन हार्दिक आह्वान गर्दछौँ’ ।

 

‘विशेष महाधिवेशन’ २०८२ ले नेपाली कांग्रेसलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सबल र जनताप्रति उत्तरदायी राजनीतिक मियोको रूपमा पुनर्स्थापित गर्ने विश्वास व्यक्त गर्दै एकताबद्ध र आम कार्यकर्ताको आशा, भरोसा, संकल्प सहित नयाँ पुस्ता समेतको विश्वासलाई दृढतापूर्वक जाग्रित गर्ने’ विश्वास व्यक्त गरेका छन् । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार