जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाई र आलोकलाई, भोलि यस्तो भव्य साहित्यिक कार्यक्रमबिच प्रदान गरिने

| माघ ३, २०८२ शुक्रबार

A A A
A A A

०२ माघ, रामेछाप । स्वः साहित्यकार जगदीश घिमिरे प्रतिष्ठानले भोलि शनिवार रामेछापमा भव्य साहित्यिक कार्यक्रम गर्ने तयारी गरेको छ । शनिवार मन्थलीमा देशका ख्याति प्राप्त साहित्यकारको उपस्थितिमा विभिन्न कथा, कविता, गजल, मुक्तक लगायतका रचनाकारहरूलाई पुरस्कृत गर्दै विद्यालयका बालबालिकाहरूलाई समेत वक्तित्वकाल मार्फत जगदीश घिमिरेको जीवनी र उनले गरेका सामाजिक, साहित्यिक कार्यको  बारेमा चर्चा गरिने भएको हो । 

 

बिहीबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी अघिल्लो वर्ष २०८१ मा तत्कालीन परिस्थितिको कारण वितरण गर्न नसकिएको जगदीश घिमिरे साहित्यिक स्मृति पुरस्कार वितरणको कार्यक्रमलाई समेत जोड्दै दुई वर्षकै पुरस्कार वितरणसहितको भव्य कार्यक्रम गर्न लागेको प्रतिष्ठानले बताएको छ ।

 

https://ramdfo.gov.np

पत्रकार महासंघ रामेछापको सभा हलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रतिष्ठानका संयोजक डा.सुमन कर्माचार्यले भने ‘गत वर्ष बाटोको कारण यो पुरस्कार प्रदान गर्न सकिएको थिएन, अब यो वर्ष दुई वर्षकै पुरस्कार वितरण गर्छौँ ।’

जगदीश घिमिरे, तस्बिर आर्काइभ 
 

उनका अनुसार २०८१ सालको जगदीश घिमिरे स्मृति साहित्यिक पुरस्कार मिना चौलागाईं र २०८२ को पवन आलोकलाई प्रदान गर्ने निर्णय गरिएको हो । ५१ हजार राशिको उक्त पुरस्कार शनिवार भव्य कार्यक्रममा बिच चौलागाई र आलोकलाई प्रदान गरिने छ ।

 

मन्थलीमा जन्मिएका जगदीश घिमिरेले आफ्नो जीवनकालमा समाजसेवा र साहित्य मार्फत सकारात्मक प्रभाव छाडेर स्वर्गीय बनेका थिए । घिमिरेको सम्झनामा उनले खडा गरेको प्रतिष्ठान मार्फत पुरस्कार र सम्मान गर्ने कार्यक्रम गरिँदै आएको छ । 

 

सामान्य परिवारमा जन्मिएका घिमिरेले आफ्नो जीवन रहँदा मरेपछि पनि जीवित हुनु पर्छ भन्ने उद्देश्यले तत्कालीन समयमा जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण योगदान गरेका थिए । बेलायत र अमेरिकाको सुखसयलको जीवनलाई समेत त्यागेर रामेछापको मन्थलीको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न कदम चालेका घिमिरेले ‘आफ्नो असत्यको समयमा’ क्यान्सरसँग लड्दै आफ्नो जीवनको भोगाइ समेटिएको ‘अन्तर्मनको यात्रा’ले मार्फत मदन पुरस्कार प्राप्त गर्न सफल बनेका थिए । 

 

मन्थलीमा जन्मिएका घिमिरेले सकारात्मक सचेतना फैलाएको भन्दै उनका यीनै मुख्य विषयहरूलाई प्राथमिकतामा राख्दै पछिल्लो पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले जिल्ला सदरमुकाम मन्थलीका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई समेत शनिवार ‘जगदीश घिमिरेको साहित्य र समाजसेवा’ शीर्षकमा वक्तृत्वकला मार्फत प्रथम, द्वितीय र तृतीयलाई नगदसहित पुरस्कृत गर्ने तयारी रहेको सदस्य कुमार श्रेष्ठ (यात्री) ले बताए । 

 

रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार