नेकपा रामेछापका नेता पौडेलले निर्वाचन आचारसंहिता बैठकमा भने ‘चुनावमा खटिएका कर्मचारीले पनि मान्छे उचालेर बिताण्डै मच्चाएका छन्’
०४ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले निर्वाचन आचारसंहिता राजनीतिक दलले मात्रै उल्लङ्घन गर्छन् भन्ने भन्ने तर्कको खण्डन गर्दै साना दल र कर्मचारीहरूबाट पनि उल्लङ्घन हुने भन्दै सम्बन्धित निकायलाई खबरदारी गरेको छ । ‘आचारसंहिता राजनीतिक दलले मात्रै उल्लङ्घर गरेका छैन । कर्मचारी ब्युरोले पनि भित्र भित्रै मान्छेलाई उचालेर बिताण्डै मच्चाएका छन्’ नेकपा रामेछापका नेता हेमन्त पौडेलले भने । उनले चुनावमा कर्मचारी खटाउँदा कुनै पार्टीका मान्छेको चिनेको वा नजिकको सम्बन्ध भएको भन्दा फरक ठाउँ खटाउँदै सचेत गराउन समेत प्रसाशनको ध्यानाकर्षण गरे ।
आइतबार रामेछाप प्रशासनमा भएको निर्वाचन आचारसंहिता विषयक छलफलमा बोल्दै नेता पौडेलले साना दलले ठुला दलले मात्रै आचारसंहिता उल्लङ्घन गर्छन् भन्नु आपत्ति जनक रहेको भन्दै कर्मचारी र साना दलहरूले पनि आचारसंहिता उल्लङ्घन गर्न सक्ने जिकिर गरे ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको आचारसंहिताका केही बुँदाहरू आफैमा बाजिएको दाबी गर्दै लागू गरिएको आचारसंहिता पालना गर्न सम्बन्धित सबै गम्भीरता पूर्वक लाग्नु पर्नेमा जोड् दिए । सुरक्षा चुनौतीलाई प्रहरी र प्रशासनले निर्मूल पार्नु पर्नेमा सचेत गराउँदै उनले निर्वाचनको बेलामा व्यक्तिगत र राजनीतिक मुद्दाका विषयलाई पनि गहिराइमा गएर अनुसन्धान गर्न लाग्नु पर्नेमा आग्रह गरे ।
आचारसंहितामा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न सम्बन्धित निकायहरू कडाइका साथ लागेर प्रश्न गरेमा राजनीतिक दल आफै सच्चिने धारणा राखे ।
