निर्वाचनलाई सुरक्षित र मर्यादित पार्ने हो भने सुरक्षा रणनीति गोप्य रूपमा लागू गर्नुस्, सार्वजनिक नगर्नुस् – काँग्रेस उपसभापति कार्की

| माघ ६, २०८२ सोमबार

A A A
A A A

०५ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी निर्वाचन सफल पार्ने हो भने सुरक्षा रणनीति गोप्य तरिकाले लागू गर्न आग्रह गरेको छ । पार्टी उपसभापति लेखबहादुर कार्कीले भने ‘यो निर्वाचनलाई यदि मर्यादित, सुरक्षित र सफल पार्ने हो भने सुरक्षा रणनीति गोप्य तरिकाले लागू गर्नुस्’ । 

 

आइतबार जिल्ला प्रशासनमा भएको आगामी निर्वाचनको आचारसंहिता छलफल कार्यक्रममा बोल्दै उपसभापति कार्कीले गोप्य रूपमा सुरक्षा संयन्त्रले काम गर्न सके मात्रै निर्वाचन सफल हुने दाबी गरेका हुन् । काँग्रेसले निर्वाचन आचारसंहिता पालना गर्ने पूर्ण प्रतिबद्धता जनाउँछ भनेका उपसभापति कार्कीले आचारसंहिता कार्यान्वयन गर्ने विषयमा सचेत र सबैसँग मिलेर जाने धारणा व्यक्त गरे । 

 

https://ramdfo.gov.np

आफ्नो पार्टी ६ गते उम्मेदवारी दर्ताको दिन सबै भन्दा अन्तिममा उम्मेदवारी दर्ता गर्न आउने सुनाएका उपसभापति कार्कीले प्रचारप्रसारको लागि सम्बन्धित सरोकारवालाहरूले सहज वातावरण बनाउनेमा विश्वास व्यक्त गरे । विगतका निर्वाचनहरूको अनुभाव स्मरण गर्दै प्रशासनिक झमेलालाई हटाउनु पर्नेमा जोड् दिए । 

 

रामेछापमा पुराना राजनीतिक दलहरू एक आपसमा मित्रवत् प्रतिस्पर्धा गर्ने सुनाउँदै दल–दल बिच कुनै तिक्तता नरहेको प्रस्ट पारे । जेन्जी आन्दोलनको पछिल्लो परिस्थितिबाट राजनीतिक दलहरू नडराएको तर्क गर्दै यो विद्रोहले नयाँ परिवर्तन खोजेको धारणा राखे । 

 

त्यस्तै काँग्रेस प्रवक्ता कुमार श्रेष्ठले पनि आचारसंहितामा उल्लेख गरेका विषयहरू पूर्ण पालना गर्नको लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । नागरिक तहमा एक खालको त्रासको वातावरण रहेकाले सुरक्षा चुनौती नै यो निर्वाचनको मुख्य विषय रहेकाले त्यस बारेमा राज्यका निकायहरू चनाखो भएर लाग्न आग्रह समेत गरे । 

रामेछाप टाइम्स
| माघ ६, २०८२ सोमबार