नेकपा रामेछापका संयोजक कुशलले भने ‘यत्ति बेला सम्म टिकट हात परेको छैन, भर्खरै फोन आयो जाँदै छु’

| माघ ६, २०८२ सोमबार

एआइको सहयोगमा श्याम कुमार श्रेष्ठको तस्बिर ।
A A A
A A A

०५ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका संयोजक श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले सोमबार दिउँसो २ः४० बजे सम्म टिकट पाई नसकेको बताएका छन् । सामाजिक संजालमा नेकपाको तर्फबाट आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापबाट टिकट पाइसकेको भन्दै चर्चा गरिए पनि आफूले अहिले सम्म टिकट हाता नपरेको नेता कूशललले रामेछाप टाइम्सलाई बताए ।

 

सोमबार दिउँसो २ः४० बजे रामेछाप टाइम्ससं फोन सम्पर्कमा कुरा गर्दै पूर्व गृह राज्य मन्त्री समेत रहेका कुशलले भने ‘पार्टीको तर्फबाट निर्णय भयो भनेर भर्खरै खबर आयो, म जाँदै छु । तर, अहिले सम्म मेरो हाता परेको छैन ।’

 

https://ramdfo.gov.np

अन्य पार्टीहरूले उम्मेद्वार टुङ्ग्याएको र नेकपाले पनि भोलि उम्मेद्वारी दर्ता गर्न उम्मेद्वार तय गर्ने बाध्यतामा रहेको अवस्थामा तत्कालीन नेकपा एकीकृत समाजवादी (एस) सहित ७ दल मिलेर बनेको नेकपामा उम्मेद्वार टुङ्ग्याउन निकै सकस परेको अवस्थामा नेता होम बुढाथोकी र आफ्नो नाममा कसलाई दिने भन्ने बारेमा पार्टीले केही बेर अगाडि मात्रै निर्णय गरेर आफूलाई खबर गरेको नेता श्रेष्ठले बताए । 

 

तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेका नेता कुशलका अनुसार रामेछापमा नेकपाको उम्मेदवारको सन्दर्भमा बाहिर आए जस्तो पार्टी बाहिरबाट कुनै व्यक्तिलाई टिकट दिने बारेमा भने छलफल नभएको जिकिर गरे । 

 

स्रोतका अनुसार नेकपा एमाले निकटका एक निर्माण व्यवसायीलाई नेपाली कम्युनिष्ट पार्टीले टिकट दिएर एमालेका विरुद्ध उभ्याउन बल गरिएको चर्चा छ । यद्दयपी उक्त विषयमा नेता कुशलले कुनै छलफल नभएको भन्दै खारेज गरे । 

 

हाल सम्म रामेछापमा रास्वपाले बैंकर एवं आर्थिक क्षेत्रमा छलफल, चिन्तन र कलम चलाउँदै आएका मन्थली १२ गेलु निवासी कृष्णहरि अधिकारीलाई टिकट दिएको छ । 

 

त्यस्तै नेकपा एमालेको तर्फबाट खाँडादेवी गाउँपालिकाका युवा नेता माधव ढुङ्गेलले टिकट पाएका छन् भने, नेपाली काँग्रेसको तर्फबाट भने रामेछापको लागि हाल सम्म पनि कसले टिकट ल्याउने भन्ने बारेमा नटुङ्गिएको र छलफलकै चरणमा रहेको उच्च स्रोतले जनाएको छ । 

रामेछाप टाइम्स
| माघ ६, २०८२ सोमबार