कांग्रेसबाट कान्छारामले पाएनन् टिकट, पूर्व सभापति रामचन्द्र खड्काले लिए

| माघ ६, २०८२ सोमबार

A A A
A A A

०५ माघ, रामेछाप । नेपाली काँग्रेसले पूर्व पार्टी सभापति रामचन्द्र खड्कालाई रामेछापबाट प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ । क्षेत्र नं २ सुनापतिका नेता खड्कालाई २१ फागुनको प्रतिनिधि सभाको प्रत्यक्षे तर्फको उम्मेद्वारको टिकट प्रदान गरेको जनाएको हो । 

 

केही बेर अगाडि रामेछाप टाइम्ससंग कुरा गर्दै पूर्व जिल्ला पार्टी सभापति खडकाले भने ‘टिकट लिन बोलाउनु भयो जाँदै छु ।’ ९ः२३ बजे साँझ रामेछाप टाइम्ससंग कुरा गर्दै खड्काले टिकट लिन जाँदै गरेको सुनाए । 

 

https://ramdfo.gov.np

त्यस्तै, महाधिवेशन प्रतिनिधि भरत चौलागाईले पनि आफूहरूसँगै टिकट लिन जाँदै गरेको सुनाए । ‘रामचन्द्र दाइको लागि टिकट लिन आउनु भनेर जाँदैछौं’, नेता चौलागाईले भने । पछिल्लो पटक सम्पन्न विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर महाधिवेशन माग गरे पनि विशेष महाधिवेशन उद्घाटनको बेला मैदानमा जान आनाकानीकै बिच कार्यक्रमको बिचमा पुगेर गगन–विश्व समूहमा खुलेका खड्का महाधिवेशन प्रतिनिधि हुन् । उनी जिल्लाको पुराना नेताको रुपमा परिचित छन् । 

 

दिनभर देउवाको भागबाट जिल्ला पार्टी सभापति एवं पूर्व राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले उम्मेद्वार बन्न टिकट ल्याएको चर्चाका बिच सोमबार साँझ एका–एक गगन–देउवा टिममा विवाद पुनः चर्किए पछि कान्छारामलाई पछि पार्दै खड्काले टिकट हाता पार्न लागेका हुन् । 

 

कान्छारामले टिकट ल्याएमा प्रतिनिधि सभा तर्फ १ नम्बर क्षेत्रबाट उम्मेद्वार कुनै पनि पार्टीको नहुँदा चुनाव जित्न सहज बनेको भन्दै चर्चा र कार्यकर्ता तहमा उत्साह भइरहेको थियो । यद्दयपी उक्त खुसी मतमा परिणत नहुँदै निराशामा सीमित हुन परेको काँग्रेस कार्यकर्ताको तर्क छ । 

रामेछाप टाइम्स
| माघ ६, २०८२ सोमबार