रास्वपाले उम्मेद्वार नबनाएको भन्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका कार्कीले भने ‘म रास्वपाको बागी उम्मेद्वार हो’
०६ माघ, रामेछाप । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागी उम्मेद्वार खडा भएका छन् । रास्वपामा स्थापना कालदेखि दुःख गरे पनि आफ्नो आर्थिक अवस्थाको कारण देखाउँदै उम्मेद्वार नबनाए पछि रास्वपा कै विरुद्धमा आफू खडा भएको भन्दै रामेछापका युवा अरुण कार्कीले उम्मेद्वारी दर्ता गरेका छन् । उनी रामेछाप नगरपालिकाका हुन् ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रामेछाप नगरपालिकाको सभापतिमा पराजित कार्कीले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता गरेका हुन् । ‘म रास्वपाको क्रियाशील सदस्य हुँ, तर आर्थिक अवस्था लगाएले मलाई पार्टीले उम्मेद्वार नबनाएपछि रास्वपाका विरुद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको छु’, रामेछाप टाइम्ससंग कुरा गर्दै कार्कीले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीको उम्मेद्वारी ७ औं नम्बरमा दर्ता गरेको छ । आफूले कुनै हालतमा उम्मेद्वारी फिर्ता नलिने जिकिर गरेका कार्कीले गएको प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रतिनिधि सभाकै स्वतन्त्र उम्मेद्वारी दर्ता गरी चुनावी प्रतिस्पर्धा गरेका थिए ।

