रामेछापमा उम्मेद्वारी दर्ता गरेपछि काँग्रेस उम्मेद्वार खड्काले भने ‘जेन्जीको जस्तै जोस, अनुभव र सक्रिय छु जिताउनुस् सबैको शिर उँचो पार्छु’

| माघ ७, २०८२ मंगलबार

A A A
A A A

०६ माघ, रामेछाप । नेपाली काँग्रेसको तर्फबाट रामेछापमा उम्मेद्वारी दर्ता गरेपछि रामचन्द्र खड्काले राजनीतिक पारदर्शिता र सुशासनलाई प्राथमिकता दिन अन्तिम पटक आफूलाई भोट दिन अपिल गरेका छन् । देवकोटा चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका खड्काले भने ‘एक चोटि मलाई अवसर दिनुस्, उदाहरणीय बनेर, निश्कलङ्कि र पारदर्शी बने देखाउँछु।’ जिताएर पठाएमा कसैको शिर निहुरिने काम नगर्ने सख्त प्रतिबद्धता दोहोर्याएका पूर्व काँग्रेस पार्टी सभापति खड्काले थपे ‘मैले लामो समय काँग्रेसको सभापति बनेर पनि प्रमाणित गरेको छु ।’

 

सबै राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई समेत मत दिन अनुरोध गरेका नेता खड्काले आफू भने ‘म गरिबको छोराले पनि पैसा खर्च नगरी चुनाव जित्नु पर्छ र भ्रष्ट्राचार निर्मूल पार्नु पर्छ।’ आफ्नो जिते पनि हारे पनि यो नै अन्तिम पटक मत माग्ने र अगामी पटक दाबी गर्ने उद्घोष गरेका खड्काले भने ‘देशभर भ्रष्ट्राचार विरुद्धको अभियान चलाउँछु, राजनीतिलाई निष्ठा र सम्मानित हो भन्ने प्रमाणित गर्ने बाटो बनाउँछु’ । यो नै मेरो अन्तिम पटक हो एक पटक सबैले मत दिनुस्’ ।

https://ramdfo.gov.np

जिल्लामा प्रतिस्पर्धा गर्ने उम्मेद्वार मध्ये आफू नै ज्येष्ठ उम्मेद्वार भएको उल्लेख गर्दै आफूसँग जेन्जीको जस्तै जोस, लामो समयको अनुभव र सक्रियता रहेकाले मत दिन अपिल गरे । अझै पनि योजनाका काममा कमिसनको खेल भइरहेको दाबी गर्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्ने बताए । 

 

सुशासनलाई बारम्बार उल्लेख गरेका खड्काले आफ्नो मात्रै नभएर नातागोता सम्मकै सम्पत्ति छानबिन गर्न आफू तयार रहेको बताए ।