नेकपा रामेछापले भन्यो: ३ हजार फरकमा चुनाव जित्छौँ, प्रवक्ता भन्छन् ‘हाम्रो उम्मेद्वारको फिगर देखेरै मत आउँछ’

| माघ १४, २०८२ मंगलबार

A A A
A A A

१३ माघ, रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले ३ हजारको अन्तरमा चुनाव आफ्नो पार्टीका उम्मेद्वारले जित्ने दाबी गरेको छ । नेकपाका चुनावी प्रचारप्रसारका प्रवक्ता झम्क कँडेलले भने ‘नेकपाले चुनाव जित्ने निश्चितै छ, हाम्रा प्रतिस्पर्धी पनि कम्तीका छैन, त्यसैले तीन हजारको फरकमा हामी जित्छौँ’ । 

 

सोमबार पार्टी कार्यालय मन्थलीमा पार्टीको पछिल्लो बैठकको निर्णय सार्वजनिक र उम्मेद्वारसंग भेटघाट गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार श्याम कुमार श्रेष्ठ र प्रवक्तद्वयले चुनाव आफूहरूले यो पल्ट निश्चितै जित्ने जिकिर गरे । आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता कँडेलले पार्टीका इन्चार्ज देवशंकर पौडेल, उम्मेद्वार कुशलसहितका नेता कार्यकर्ताका माझ थप प्रष्ट पार्दै भने ‘अरू–अरूले ७ हजार फरकले पनि जित्छु भनेको सुनेको छु तर हामी ३ हजार हाराहारीमा जित्छौँ ।’

 

https://ramdfo.gov.np

नेकपाका उम्मेद्वार कुशलको हरेक पक्षले योग्य उम्मेद्वार रहेको भन्दै चुनाव जित्न कुशल नामै काफी रहेको र उनको ‘फिगर’ हेरेर पनि जनताले भोट दिने तर्क गरे । उनले भने ‘हाम्रो उम्मेद्वारको फिगर हेरेर पनि भोट आउँछ । उहाँ स्मार्ट, क्रिकेटर जस्तो सुइमिक गर्न सक्ने जेन्टलमेन्ट हुनुहुन्छ’ ।

 

निर्वाचन परिचालनको लागि १३ सय ९९ सदस्यीय जम्बो निर्वाचन प्रतिचालन टिम गठन गरेको नेकपा रामेछापले आइतबार देखिनै चुनावी प्रचारप्रसार सुरु गरिसकेको छ । 

नेपाली काँग्रेसका रामचन्द्र खड्का, नेकपा एमालेका माधव ढुङ्गेल र तीन जना स्वतन्त्र उम्मेदवारसहित १७ जनाले चुनावी प्रतिस्पर्धा गर्न लागेको रामेछापमा नेकपाले विगतमा पनि राम्रो काम गरेको र जनतालाई पटक–पटक धोका नदिएको भन्दै जिल्लाका मतदाताले आफूलाई भोट दिने उम्मेद्वार कुशलले बताए । ‘पहिले पनि मैले पटक–पटक धोका दिएको छैन । जितेर गएपछि संविधान बनाएर आए त्यसैले मलाई जनताले चिनेका छन् । मत दिन्छन् जित निश्चित छ।’

 

नेकपाले आफ्नो पार्टीले बहुमतै प्राप्त गर्ने जिकिर दोहोरायो भने आफ्नो पार्टीले बहुमत ल्याउन नसके देश ठुलो दुर्घटनामा जाने दाबी गर्‍यो ।