नेपाली काँग्रेस रामेछापले सोमबार देखि घरदैलो अभियान सुरु गर्दैः कुन दिन कुन वडामा, यस्तो छ सेडूल ?
१४ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापले १७ गते नेताहरूलाई चुनावी प्रचारप्रसारको जिम्मेवारी दिए पछि १९ गते सोमबारदेखि घरदैलो अभियान थाल्ने भएको छ । नेताहरूलाई जिम्मेवारी दिन काँग्रेस रामेछापले शनिवार पूर्ण बैठक डाकी सकेको छ । उक्त बैठकमा जिल्लाका सबै तहका नेता कार्यकर्ताहरूलाई डाकिएको पत्रमा उल्लेख छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेद्वारी दर्ता गरेपछि काठमाडौँमा पार्टीका कार्यकर्तासँगको छलफल, चुनावी रणनीति बारेमा तय गरेपछि सोमबार बाट घरदैलो अभियान थाल्ने काँग्रेस रामेछापले तयारी अन्तिम चरणमा पुर्याएको पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेले जानकारी दिए ।
उनका अनुसार पार्टीले दुई चरणमा प्रचारप्रसारको सेडूल तयार पारेको छ । जसमा अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३, भिरपानीबाट सोमबार देखि सुरु हुँदै छ। उक्त अनौपचारिक भेटघाट कार्यक्रम कुन दिन कहाँ गर्ने भनेर मिति, समय र स्थान समेत ‘फिक्स’ भइसकेको पार्टीका सचिव विनोद कार्कीले जानकारी दिए ।
पार्टीको आन्तरिक र सांगाठानिक तयारी बारेमा तीव्र छलफल भइरहेकाले ती विषयहरू टुङ्ग्याएर घरदैलोमा निस्कने सचिव कार्कीको भनाई छ । फागुन ३ गते लिखु तामाकोशी गाउँपालिकाको वडा नं २ शिरिसेमा कार्यकर्ता भेटघाट गरेर अनौपचारिक घरदैलो अभियान समापन गरिने तयारी रहेको पार्टीका अर्का सचिव दीपक खड्काले बताए । घरदैलो अभियानमा आचारसंहिताको पूर्ण पालना गर्दै समिति र सक्रिय टिम गाउँ–गाउँ पुग्ने, भाषण लगाएतका अन्य कार्यक्रमलाई निरुत्साहित गर्ने गरी तयारी रहेको सचिव खड्काले प्रष्ट पारे ।

त्यस्तै आचारसंहितामा उल्लेख भए बमोजिम फागुनको ४ गतेदेखि औपचारिक लिखु तामाकोशीको नागीबाटै सुरु गर्ने गरी सेडूल तयार पारिएको सचिव कार्कीले बताए । ‘अघिल्लो दिन सम्म अनौपचारिक कार्यक्रम हुन्छ’, भोलि पल्टबाट प्रचारप्रसारलाई सशक्त पर्दै औपचारिक कार्यक्रम तयार गरिएको छौँ’, सचिव कार्कीले बताए ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसका रामचन्द्र खड्का र ३ जना स्वतन्त्र उम्मेद्वार सहित १७ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेले घरदैलो अभियान थालिसकेका छन् भने नेपाली काँग्रेस र रास्वपा लगायतका स–साना दलहरूले चुनावी प्रसार सामाजिक सञ्जालमै केन्द्रित गरेको अवस्था छ ।
फागुन ४ गते देखि थाल्ने काँग्रेसको औपचारिक चुनावी प्रचारको कार्यक्रम भने आचारसंहिताले दिएको समय सम्म जारी रहने गरी ‘सेडूल’ तयार पारिएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
यो हेर्नुहोस् कुन दिन कुन वडामा छ कार्यक्रम




