मलाई मात्रै मत दिनु पर्छ भन्ने छैन, मेरो एजेन्डा मन परे मलाई दिन्छन्, नपरे अरू १६ जना पनि छन्: एमाले उम्मेद्वार ढुङ्गेल
१७ माघ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका उम्मेद्वार माधव ढुङ्गेलले मतदाताले आफ्ना एजेन्डा मन परे मत दिने धारणा राखेका छन् । उनले भने ‘मलाई मात्रै दिनु पर्छ भन्ने छैननी, अरू पनि उम्मेदवार छन्’ मेरो एजेन्डा मनपरे, चित्त बुजे मलाई मत दिन्छन् ।’ संसद्मा रामेछापको विषयलाई गम्भीरताको साथ राख्न सक्ने उम्मेद्वर भने आफू रहेको उनले जिकिर गरे । जनताको मतमाथि विश्वास गर्छु भनेका उनले चुनाव आफूले जित्ने नजित्ने बारेमा मौन रहे । जिल्लाका पुराना दल भनिनेहरू मध्येका युवा उम्मेद्वार दाबी गरिएका ढुङ्गेलले आफूले चुनाव जित्छु भनेर एक शब्द भनेनन् ।
शनिवार बिहान मन्थलीमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उम्मेद्वार ढुङ्गेलले आफू पहिलो पटक जनतासँग जान लागेकाले एक पटक मौका दिने उनको विश्वास छ । उनले भने ‘म पहिलो पटक जनतामाझ जान लागेको हुँ त्यसैले एक पटक अवसर दिन्छन् भने लाग्छ।’
जिल्लाको कृषि, वन, पर्यटन, जलविद्युत, लिखु कोरिडोरसहित विकासका सम्भावना बारेमा चर्चा गरेका नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका नेता ढुङ्गेलले रामेछापमा सामाजिक सञ्जाल ‘फेसबुक/डिजिटल पाल्ट फर्महरू, (एआई) को डाटा सेन्टर’ निर्माणको लागि प्रारम्भिक चरणको अनुसन्धान गर्न सकिन्छ भने ।’ उनले उमाकुण्डको उमातिर्थ मन्दिर (काँसिगएजी), खाँडादेवी मन्दिर लगायतलाई धार्मिक रूपमा प्रचार गरी पर्यटन आकर्षणको केन्द्र निर्माण गरिने धारणा राखे । डाटा सेन्टर निर्माणको लागि रामेछापको मौसम उपयुक्त रहेको उनको तर्क छ ।

साथै, लिखु, खिम्ती, तामाकोशी, सुनकोशीको जलबाट ठू–ठुला हाइड्रोपावर बनाउन सकिने तर्क प्रस्तुत गरे । जिल्लाकै मतदातामाझ परिचित नरहेको भन्ने प्रश्नलाई खारेज गरेका उनले भने ‘शिक्षक पेशामा हुँदा धेरै विद्यालयमा पढाएको छु त्यसैले मलाई चिन्छन्’ भने । एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेर नथाकेका उनले बालेन शाहलाई कुनै व्यक्तिबाट परिचालित भएको आरोप लगाउँदै भने ‘आफ्नो क्षेत्रबाट चुनाव नलड्ने अनि इगोको लागि झापा जाने त्यो भनेको एउटा रोबर्टको रूपमा प्रयोग गरिँदै छ’ ।
आउँदो २१ फागुनको निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत जित आवश्यक रहेको उल्लेख गर्दै ‘जेन्जी विद्रोहलाई (टिओबी) लेखिएका मास्कदारीहरूले हाइज्याक गरेको हो’ भने ।
घरदैलो अभियान गरिरहेका छन् । जन्म गाउँ खाँडादेवी गाउँपालिकाका केही वडाहरूमा भेटघाट गरी उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका घरदैलो पुगेका ढुङ्गेल शनिवार मन्थलीमा पार्टीले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा सहभागी हुँदै छन् ।
