नेपाली काँग्रेस रामेछापको ‘रामचन्द्र जिताऔँ’ अभियान सुरु : नेताहरू भन्छन् ‘घोडा दौडिएको र हात्ती लम्किएको मिल्दैन’
१८ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। काँग्रेस रामेछापले बौद्धिक, निष्ठावन, आदर्श र जिल्लाकै अग्रज नेताको पहिचान बोकेका रामचन्द्र खड्कालाई संसद्को उम्मेद्वारको रूपमा अगाडि सारेपछि अन्य दलका कार्यकर्ताहरु समेत ‘निष्ठाको राजनीतिलाई साथ’ दिनु पर्छ भन्ने अभियानमा आन्तरिक रूपमा लागि परेको स्रोतको दाबी छ । नेकपा (एमाले) र नेकपाका उम्मे्द्वारहरु गाउँ–गाउँ घरदैलो गरिरहेको र काँग्रेसका उम्मेद्वार आन्तरिक रणनीतिमै व्यस्त भएको अवस्थामा काँग्रेस रामेछापले चुनावी प्रचारलाई तीव्र पार्न तयार पारेको खाकासहित शनिवारदेखि मात्रै सशक्त रूपमा अभियानको सुरुवात गरेको उद्घोष गरेको हो।
शनिवार मन्थली भैशेश्वरस्थित पार्टी कार्यालय बिपी स्मृति भवनबाट कार्यवाहक सभापति नवराज थोकरको अध्यक्षता र निवर्तमान पार्टी सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्ययतामा काँग्रेसका उम्मेद्वार खड्कालाई जिताऊँ अभियानको सुरु भएको उद्घोष गरिएको काँग्रेस रामेछापले जनाएको हो । कार्यक्रममा पार्टी सचिव दीपक खड्काले भने ‘आज पार्टीले ६४ वटै वडाका कांग्रेका कार्यकर्तालाई जिम्मेवारी एवं निर्देशन गर्यो कि, रामचन्द्र खड्का जिताऊ अभियान सुरु भयो, तपाईँ, हामीलाई अन्य छुट् छैन’ । पार्टीका आन्तरिक असन्तुष्टिहरूलाई परै राखेर रुख चिन्हका उम्मेद्वरलाई जिताउनुको विकल्प नरहेको दोहोर्याएका सचिव खड्काले जनताको समस्या, गुनासा सुन्न र समाधान गर्न केन्द्रित भएर मतमा परिणत गर्न’ लाग्न निर्देशन गर्दै भने ।
वडादेखि महाधिवेशन प्रतिनिधिहरू सम्मेलित बैठकमा बोल्दै महाधिवेशन प्रतिनिधि एवं अग्रज नेता धुव्र ढुङ्गेलले भने ‘घोडा दौडिएको र हात्ती लम्किएको मेल खाँदैन’, अन्य दलका उम्मेद्वार र कार्यकर्ता गाउँ पुगेर मतदाता भेटघाटमा व्यस्त भइरहेको प्रशंग उल्लेख गर्दै ‘वरिष्ठ नेता’ ढुङ्गेलले भने ‘अरू गाउँ–गाउँ पुगेका छन् काँग्रेस किन निदायो भनेको पनि सुने । तर, त्यसो हैन घोडा दौडिनु र हात्ती लम्किनु हात्तीले जित्छ।’ उनले नेपाली काँग्रेसका उम्मेद्वार नआत्ती मतदाता माझ जानु पर्ने र जेन्जीका मागसहित लोकतन्त्र र संविधानको रक्षाको लागि काम गर्न सक्ने बाचा गरे चुनाव निश्चित जित्ने जिकिर गरे ।

त्यस्तै पार्टीका प्रमुख राजनीतिक सल्लाहकार कृष्णबहादुर महतले पनि पार्टी यो बेला एक ढिक्का बनिसकेको उल्लेख गर्दै निर्वाचन जिताउन आफूले जस्तो सूकै भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता दोहोर्याए । महाधिवेशन प्रतिनिधि एवं पार्टीको प्रमुख सल्लाहकार नेता महतले भने ‘पार्टीको आन्तरिक केही नमिलेका विषय मिलाउन म तयार छु र त्यो पुलको काम गरी हाम्रो उम्मेद्वार विजयी हासिल गर्न सक्षम छ।’
त्यस्तै, नेपाली काँग्रेस क्षेत्र नं १ (क) का क्षेत्रिय सभापति निरोज खड्काले पनि पार्टीका उम्मेद्वारलाई विजयी गराउन जस्तो सुकै जिम्मेवारी निर्वाह गर्न तयार रहेको जिकिर गर्दै भने ‘निष्ठा र सबैले चिनेको हाम्रो उम्मेद्वारलाई विजयी घोषण गर्न मात्रै बाँकी छ।’ रामचन्द्र खड्का जस्तो उम्मेद्वार कांग्रेसले चिनाउने अन्य अवसर नआउने तर्क गरेका क्षेत्रिय सभापति खड्काले प्रचारप्रसारलाई प्रवाभकारी रुपमा कार्यान्वय गर्नु पर्ने धारणा राखे ।
बिपी स्मृति भवन भैशेश्वरको खुल्ला आँगनमा भएको विस्तारित छलफलमा पार्टीका अधिकांश नेताहरूले चुनावी रणनीति स्पष्ट पार्दै “घोडा दौडिएको र हात्ती लम्किएको मिल्दैन” भन्ने उखान स्मरण गराए । काँग्रेस ढिलो देखिए पनि निर्णायक र योजनाबद्ध रूपमा अघि बढिरहेको जिकिर गरेका उनीहरूले पार्टीको तल्लो तहका संगठनहरुले जिम्मेवारी निर्वाह गर्ने बेला आएको धारणा राखे ।
सो बैठकमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारी बाँडफाँड गर्दै चुनावमा होमिन स्मरण गराइएको पार्टी सचिव विनोद कार्कीले बताए । ‘वडादेखि जिल्लासम्मको संगठन परिचालन, मतदाता भेटघाट, घरदैलो अभियान र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा स्पष्ट कार्य योजना बनाएर लागेका छौँ’ सचिव कार्कीले प्रष्ट पारे ।
शनिवार सम्पन्न बैठकले नेपाली काँग्रेस रामेछापको १७ वर्षदेखि पार्टीको नेतृत्व सम्हाल्दै कार्यकर्ताबिच प्रिय बनेका अनुभवी नेता रामचन्द्र खड्कालाई उम्मेद्वार बनाउनु अग्रज र अनुभवी नेता, कार्यकर्ता कै लागि गौरवको विषय बनेको भन्दै प्रशंसा गरे । ‘गगन–विश्व’ जस्ता युवाहरूको नेतृत्वमा आएको ऐतिहाशिक पार्टी काँग्रेसले पार्टीपछि अब देशकै परिवर्तन गर्ने सक्षम छ’ र लाग्छ भन्ने उदाहरण पेस गर्ने विश्वास व्यक्त गरेका छन् । लामो राजनीतिक जीवनमा कुनै पनि किसिमको आरोप नलागेको, आदर्श, निष्ठा र पार्टीप्रतिको प्रतिबद्धताका कारण खड्का काँग्रेसका बलिया र सर्वस्वीकार्य उम्मेदवारका रूपमा मतदाताले स्विकारेको पार्टीले निष्कर्ष निकालेको जनाएको छ।
काँग्रेस नेताहरूले रामचन्द्र खड्काको स्वच्छ छवि, संगठनमाथिको पकड र जनतासँगको निरन्तर सम्बन्ध नै पार्टीको जितको मुख्य आधार रहेको दाबी गरेका छन्। ढिलो सुरु भएको चुनावी अभियान भए पनि परिणाम काँग्रेसकै पक्षमा आउने उनीहरूको विश्वास छ। नेपाली काँग्रेस रामेछापले अब गाउँ–गाउँमा तीव्र रूपमा चुनावी गतिविधि सञ्चालन गर्ने र फागुन २१ गतेको निर्वाचनमा विजयी हुने गरी संगठनलाई परिचालन गर्ने जनाएको छ।
काँग्रेस रामेछापले शनिवारको विस्तारित बैठककै निरन्तरता दिँदै आइतबार बिहान पार्टी कार्यालयमा पुनः केही मुख्य रणनीति तय गर्न लागेको बुझिएको छ। भने, आइतबारै उम्मेद्वार खड्काले जिल्लामै काँग्रेसकै गढ् मानिएको रामेछाप नगरपालिकाबाट विशेष पूजाआजासहित घरदैलो एवं मतदाता भेटघाट अभियान थाल्ने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ ।
गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि काँग्रेसकै उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुङ्गेललाई फराकिलो मतान्तरले हराएको रामेछापमा यो पटक पनि आफ्नै पार्टीको जित निरन्तर हुने विश्वास रहेको नेपाली काँग्रेस रामेछापले विश्वास लिएको पार्टीका अर्का सचिव दीपक खड्काले धारणा राखे ।
