खप्तडी बुढाथोकी रामेछापको अध्यक्षमा पुनः ज्ञानबहादुर बुढाथोकी
२० माघ, रामेछाप । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबिएस) रामेछापको अध्यक्षमा पुनः ज्ञानबहादुर बुढाथोकी दोहोरिएका छन् । लिखु तामाकोशी गाउँपालिका तिल्पुङ्का ज्ञानबहादुर दोस्रो कार्यकालको लागि सर्व सहमतिमा बुढाथोकी समाजको अध्यक्ष चुनिएका हुन् ।
गएको शनिवार मन्थलीमा सम्पन्न संस्थाको १२ औँ वार्षिक साधार सभा एवं चौथो वार्षिक साधारण सभाले जिल्लाभर छरिएर रहेका बुढाथोकीहरूको भेला गरी आफ्नो जाति र त्यसको संरक्षणको नेतृत्व गर्ने जिम्मेवारी पुनः ज्ञानबहादुरलाई सुम्पिएको हो । गत शनिबार सम्पन्न अधिवेशनबाट समाजमा अध्यक्ष बाहेकका जिम्मेवारी हेरफेर गरिएको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा मन्थली नगरपालिका–१० का तेजबहादुर बुढाथोकी र खाँडादेवी–२ मझुवाका विकास बुढाथोकीलाई उपाध्यक्ष बनाइएको छ । सचिवमा भने मन्थली–१० चनखुका अर्जुन बुढाथोकीले जिम्मेवारी पाएका छन् । सह–सचिवमा रामेछाप नगरपालिका–३ साँघुटारका रोहित बुढाथोकी चयन भएका छन् । आफ्नो जाति र समुदायको खोज, संरक्षण र संवर्द्धन गर्दै आफ्नो समुदायलाई समुन्नत बनाउने समाजको कोषाध्यक्षमा लिखु तामाकोशी–७, तिल्पुङ्कै देवराज बुढाथोकी चयन भएका हुन् ।
जिल्लाको आठ वटै पालिका भित्रका बुढाथोकीहरूलाई समेट्ने गरी अध्यक्षबहाके हेरफेर गरिएको समाजको सदस्यमा मन्थली–७ का प्रकाश बुढाथोकी, मन्थली–१ बाट चण्डिका बुढाथोकी, मन्थली–३ की शोभा बुढाथोकी, मन्थली–११ बाट काँशिराम बुढाथोकी, लिखु तामाकोशी–७ बाटै भीमबहादुर बुढाथोकी, मन्थली ११ चनखुबाट खड्का बहादुर बुढाथोकी, मन्थली–३ बाट रेमन्त बुढाथोकी र खाँडादेवी–६ माकादुमबाट ज्ञानबहादुर बुढाथोकी सदस्यमा समेटेर समिति पूर्णता गरिएको दोस्रो पटक अध्यक्ष बनेका ज्ञानबहादुर बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
