गौश्वाराबासीको एउटै स्वर ‘सडकको विकासमा जोड’
२२ माघ, रामेछाप (गोश्वारा) । जिल्लाको दुर्गम मानिने दोरम्बा शैलुङ गाउँपालिका ४ गौश्वाराका स्थानीयलाई अहिले सम्म बनेका सरकाले सामान्य चित्त बुझाउन सक्ने गरी विकास निर्माणको काम नगरिदिएकोमा गुनासो व्यक्त गरेका छन् । धेरै सरकार वने, व्यवस्था परिवर्तन भए तर गोश्वारा सधैँ नि ओझेलमा नै पर्यो स्थानीय रोशन थापा मगरले बताए ।
सरकार धेरै फेरिए, व्यवस्था फेरिएर संघीयता आयो, स्थानीय सरकार बन्यो तर गौश्वाराको स्तर कहिल्यै माथि उठ्न सकेन सधैँको दुर्गम रह्यो स्थानीय कुल बहादुर मगरले गुनासो व्यक्त गरे । नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का सँगको भेट्घाट्का क्रममा स्थानीयले एकै स्वरमा भने विकास भनेको हाम्रो लागि सडक हो ,सडक बनाउन पहल गरिदिनुस् । स्थानीय मान बहादुर श्रेष्ठले गुनासो राख्दै भने ‘उपयुक्त सडक नहुँदा आवत जावत र आयात निर्यातमा सधैँ सास्ती भयो, जसको कारण गाउँ सधैँ दुर्गम बन्यो । सडक बनाइदिनुस् दुर्गम गाउँको ट्याग केही घट्ने छ’
सडक त राम्रोसँग पुग्न नसके पछि स्थानीयले विकासको अर्को सपना छैन । गाउँ सम्म सहज मोटर सञ्चालन हुने सके गाउँका लागि ठुलो उपलब्धि हुने थियो एक स्थानीय वृद्धले बताए । उनले भने नेता ज्यु सडक बनाइदिनुस् अरूको केही पर्दैन ।
नागरिकको गुनासो पछि नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभाका उम्मेदवार रामचन्द्र खडकाले आफूले चुनाव जिते पनि हारे पनि बाटो बनाउन लागि पर्ने बताए । खड्काले थप्दै भने कहाँ धर्ना बस्नु पर्छ म बस्छु आवश्यक परे तपाइहरूको साथ माग्ने छु ।
