नुम्बुरको फेदीमा लाग्यो भीषण आगो

| माघ २३, २०८२ बिहिबार

A A A
A A A

२२ माघ, रामेछाप । रामेछापको अन्तिम मानव वस्ति नुम्बुर हिमालको फेदमा आगलागी भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं १, गुम्देल, लाछेवारबाट निकै उचाइको दूरीमा बिहीबार दिउँसो १ बजेको समयमा डढेलो लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । हाल सम्म आगो लागिको कारण खुल्न सकेको छैन । 

 

सो, क्षेत्रमा हाइड्रोपावरहरू निर्माणको काम धमाधम भइरहेको अवस्थामा छ । भने, परम्परागत चौँरी पालक किसानहरू पनि बस्ने गर्दछन् । 

 

आगोलागिबाट त्यहाँको पारिस्थितिक पद्धतिमा बाधा पुग्ने देखिन्छ भने लोपोन्मुख वन्य जन्तुहरू पनि सखाप हुने खतरा बढेको छ । आगोलागि बारेमा स्थानीयहरुले प्रहरी र नेपाली सेनालाई खबर गरेको स्थानीय टेकबहादुर कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।