रास्वपा रामेछापले एमाले प्रति लक्षित गर्दै भन्यो ‘तथ्यहीन आरोप लगाएर हाम्रो पार्टीलाई बदनाम गरियो, पब्लिक डिबेट गरौँ’

| माघ २५, २०८२ शनिबार

लवहरि बुढाथोकी, तस्बिर रामेछाप ।
A A A
A A A

२३ माघ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले आफ्नो पार्टीलाई झुटा आरोप लगाएर बदनाम गरिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गरेको छ । विशेष गरी रास्वपाले नेकपा (एमाले) लक्षित असन्तुष्टि पोखेको हो । 
 

शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालयको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता कार्यान्वयन विषयक छलफलमा बोल्दै रास्वपा रामेछापका नेता लवहरि बुढाथोकीले रास्वपा माथि आक्रमण गरिएको गुनासो गरेका हुन् । बैठकमा सहभागी एक नेताले भने ‘उहाँहरूले खाँडादेवीमा पाइप वितरण गरेको भनेर गलत भ्रम फैलाइएको दाबी गर्दै झुटा आरोपहरूले आफ्नो पार्टी माथि आक्रमण गरिएको भनेर प्रष्ट शब्दमा भन्नु भयो।’
 

केही दिन अगाडि मतदाता भेटघाटको क्रममा रास्वपाका उम्मेद्वार डा.कृष्णहरि बुढाथोकीसहितको टिम खाँडादेवी गाउँपालिका–३, मा आचारसंहिता विपरीत खानेको पाइप बाँडेको भन्दै सामाजिक सञ्जालमा चर्चको आलोचना र टीकाटिप्पणी भएको थियो । सो, विषयमा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया लगायत नेकपा एमालेका नेताहरूले चर्को आलोचना गरेका थिए । 

सोही प्रशंगमा हुँदै नभएको घटनामा रास्वपालाई जोडेर पार्टीको बदनाम गरिएको तर्क गर्दै नेता रास्वपाका उम्मेद्वार कृष्णहरिका दाइ समेत रहेका लवहरि बुढाथोकीले भने ‘हामी यो विषयमा जहाँ पनि गएर पब्लिक डिबेट गर्न तयार छौँ’ । रास्वपाले प्रस्ट भाषामै आफ्नो पार्टीमाथि अन्य दलहरूले आक्रमण गरेको दाबी गर्दै ‘तथ्यहीन आरोप लगाइयो’ भनेको हो । आफ्नो दलले आचारसंहिता पूर्ण पालना गरेको पटक–पटक दोहोर्‍याएको रास्वपाले निर्वाचनको खर्चलाई पारदर्शी गर्ने विषयमा आयोग निर्मम बनेर लाग्न आग्रह समेत गर्‍यो । 


आयोगको छलफलमा रास्वपा रामेछापले एमाले प्रति लक्षित गर्दै  भन्यो ‘तथ्यहीन आरोप लगाएर हाम्रो पार्टीलाई बदनाम गरियो, पब्लिक डिबेट गरौँ’ 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार