उम्मेदवार रामचन्द्र दाइलाई जिताउन निस्किए कान्छारामः भने ‘मैले सहयोग गर्दैन भनेर अरू पार्टीले फाइदा लिन खोजे, त्यो सफल हुन दिन्न’
२६ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवं नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिका मूल संयोजक पूर्णबहादुर तामाङ (कान्छाराम) काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउने अभियानको नेतृत्व गर्दै मतदाता भेटघाटमा निस्किएका छन् । आफू पारिवारिक व्यस्त हुँदा समेत पार्टी संगठनलाई चलायमान बनाएर पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन उपसभापति नवराज थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका सभापति तामाङ सोमबार देखि भने आफै ‘फिल्डमा’ खटिएका हुन् ।
सोमबार बिहानै उम्मेदवार खड्कालाई साथमा लिएर लिखु तामाकोशी गाउँपालिकाको खिम्तीमा मतदाता भेटेका पूर्व राज्य मन्त्री तामाङले आफू विरुद्ध नकारात्मक प्रचार गरेर अन्य दलहरूले फाइदा उठाउन खोज्ने प्रयास भइरहेको भन्दै त्यसबाट काँग्रेस सचेत र सतर्क हुनु पर्ने धारणा राखेका छन् । उनले भने ‘मैले रामचन्द्र दाइलाई सहयोग गर्दैन भन्ने प्रचार पनि सुनेको छु । तर, मैले दाइलाई सहयोग गरिने भने ‘मैले सहयोग गर्दैन भने कसले सहयोग गर्छ’, आफू पार्टीको नेतृत्व समेत भएको स्मरण गर्दै सभापति तामाङले रामेछापमा काँग्रेसको विजयीलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।
सोमबार देखि लिखु तामाकोशीको खिम्तिबाट उम्मेदवार खड्कालाई साथ लिएर मतदाता भेटघाटमा निस्किएका सभापति तामाङ जिल्लाको उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिका समेतका स्थानीय तहका गाउँ–गाउँ पुग्ने योजनामा रहेको बताइएको छ ।
समाजसेवी छविका सभापति तामाङको व्यक्तिगत सम्पर्ककै मतदाता उल्लेख्य रहेको दाबी छ । आफ्नो क्षेत्रबाट राम्रो एवं बलियो मत काँग्रेसको पक्षमा खसाल्न तामाङ आफै मैदानमा उत्रिएपछि अन्य पार्टीमा भने खैलाबैला सुरु भएको छ । तस्बिरहरु रविन थापा ।



