बस दुर्घटनाले तनावग्रस्त रामेछापः प्रहरीले चलायो गोली र असुल ग्यास, सुरक्षाको लागि ठाउँ–ठाउँमा सेना परिचालन
२७ माघ, रामेछाप । बस दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारका माग पूरा गर्न ढिलाइ भएपछि आन्दोलन चर्किँदा प्रहरीले गोली चलाएको छ । बुधवार साँझ करिब ५ः४५ बजेको समयमा प्रहरीले दुई राउन्ड गोली चलाएको हो । पीडित परिवारका माग सम्बोधन गर्न ढिला हुँदा तनाव बढेको हो । प्रशासनको सुरक्षाको लागि ठाउँ–ठाउँमा नेपाली सेना तैनाथ गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा दिउँसो बसेको सर्वदलीय बैठकमा आफ्ना विभिन्न माग राखेका पीडित परिवारका माग सम्बोधन गर्न ढिलाइ गरिएको भन्दै आक्रोशित पीडितहरूको भिड तितरबितर पार्न नेपाल प्रहरीको सुरक्षामा खटिएको टोलीले दुई राउन्ड हवाई फाएर गरेको हो ।
प्रहरीले गोलीसँगै दुई वटा असुल ग्यास प्रहार गरी प्रशासनको गेटमा धर्ना दिएको पीडितहरूको भीड्लाई तर्साएको हो ।
मगंलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गा तर्फ हिँडेको यात्रुबहाक बस मन्थली नगरपालिका–६, भलुवाजोर स्थित त्रिवेणी मन्दिर नजिकै दुर्घटनामा पर्दा १२ जनाले ज्यान गुमाएका छन् भने ८ जना घाइते भएका थिए । अझै केही बेपत्ता रहेका छन् ।
घाइतेहरूको काठमाडौँ र धुलिखेलका अस्पतालहरूमा उपचार जारी छ । भने, सामान्य घाइते मात्रै भएका बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
भदौ २४ को जेन्जी आन्दोलनसहित अन्य विभिन्न घटनामा शान्ता बनेको रामेछाप एकाएक तनाव ग्रस्त बन्दा गोली चलाउनु पर्ने अवस्थामा पुगेको हो । जिल्लाको मन्थलीमा करिब दुई दशक भन्दा लामो समयपछि फेरी गोली चलेको जानकारहरू बत्ताउँछन् । प्रहरी र प्रशासनले पीडितहरूका मागलाई सम्बोधन गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्नुको सट्टा पेलेर अगाडि बढ्ने रणनीति लिनु दुःखद रहेको स्थानीयहरू बत्ताउँछन् ।
दिनभर ठप्प रहेका सवारी भने साँझ केही संचालन भएका थिए। भने, आफूहरुका माग सम्बोधन नभए भोलि बिपी राजमार्गसहितका सवारी ठप्पै पार्ने पीडितहरुले चेतावनी दिएका छन् ।
