मन्थली नगरपालिकामा आइतबारपछि अत्यावश्यक बाहेकका काम २५ गते मात्रै हुने !
फाइल तस्बिर
१३ फागुन, रामेछाप । जिल्लाकै सबै भन्दा धेरै माझी समुदायका जाति बसोबास रहेको मन्थली नगरपालिकाले ‘कोशी पूजा’ पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । यद्दयपी यस अगाडि नै नेपाल सरकारले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई मध्यनजर गरी तीन दिन देशभर सार्वजनिक बिदा दिई सकेको छ ।
नेपाल सरकारले दिएको निर्वाचन लक्षित बिदा अनुसारै १९ गते देखि नै बिदा रहने छ । नगरपालिकाले पनि स्थानीय जातजातिको माग र आवश्यकतालाई मध्यनजर गरी बिदा हुने स्मरण गराएको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार १९ गते मंगलबारको दिन सबै सरकारी कार्यालय, वडा कार्यालय तथा शैक्षिक संस्थाहरू आवश्यक सेवा बाहेक बन्द रहने छ । ‘नगर सभाको १८ औँ अधिवेशनको निर्णय अनुसार बिदा दिइएको नगरपालिकाले जनाएको हो’ ।
सूचना अनुसार आउँदो आइतबार पछि भने नगरपालिका निर्वाचन पछि (२१ फागुन) सम्म बन्द रहेन छ । भने, प्रशासनिक कार्य गर्नको लागि २५ गते पछि मात्रै हुने सम्भावना बढेको हो ।

