रामेछाप कारागारमा सकियो मतदान

| फागुन २१, २०८२ बिहिबार

A A A
A A A

२१ फागुन, रामेछाप । जिल्ला कारागार रामेछापमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजे अगाडि नै त्यहाँ खस्ने सबै मत खसेको हो । 

 

बिहान ७ बजे आयोगले निर्धारण गरेको समय अनुसार ३९ जना मतदाता (कैदी) ले मतदान गर्ने गरी अस्थायी मतदान केन्द्र रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार नजिकैको कारागारमा २ जना कर्मचारी र ३८ जना कैदीले मतदान गरी खस्ने मत सम्पन्न भएको मतदान अधिकृत अरुण तिम्सिनाले रामेछाप टाइम्सलाई बताए । 

 

‘३९ जना मध्ये एक जना केही समय अगाडि छुटी सकेकाले २ जना कर्मचारीसहित ४० जनाले मतदान सम्पन्न भयो’, त्यहाँ खस्ने मतदान सकिएकाले प्रशासन सँग समन्वय गरेर साँझ ५ बजे सम्म बस्ने या नबस्ने निधो गर्छौँ’, मतदान अधिकृत तिम्सिनाले भने । 

 

आज देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदान बिहान ७ बजेदेखि जारी छ । रामेछापमा पनि बिहानै देखि शान्तिपूर्ण रूपमा भइरहेको छ । रामेछापमा ३ जना स्वतन्त्र उम्मेदवार सहित १४ राजनीतिक दलले प्रतिस्पर्धा गरी रहेका छन् ।

मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार