रामेछापको मन्थली र भटौलीमा तीन किरिया पुत्रीले गरे मतदान

| फागुन २१, २०८२ बिहिबार

A A A
A A A

२१ फागुन, रामेछाप ।  रामेछापको मन्थली–१ र वडा नं ७ भटौलीको ठेडिखोलामा तीन जना किरिया पुत्रीले मतदान गरेका छन् । ५१ वर्षीय रामेश्वर ढुङ्गेल र ६१ वर्षीय केदार प्रसाद ढुङ्गेलले मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित ठेडी खोलामा गएर मतदान गरेका हुन् । 

 

त्यस्तै, वडा नं १ मन्थली स्थित जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा जारी मतदानमा ७० वर्षीय कृष्ण प्रसाद ढुङ्गेलले मतदान गरेका हुन् । जिल्ला भर शान्तिपूर्ण मतदान भइरहेको छ । जिल्लाका मतदाता उत्साहका सात मतदानमा सहभागी भइरहेका छन् । धेरै जस्तो ठाउँमा मतदाता भने वृद्ध र ज्येष्ठ नागरिकहरू कै बाहुल्यता रहेको पाइएको छ । 

 

बिहीबार देशभर प्रतिनिधि सभा सदस्य पदको लागि मतदान भइरहेको छ । रामेछापमा ९१ हजार ६० महिला र ९६ हजार ८९२ जना पुरुष गरी देशभरकै सबै भन्दा धेरै १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । दिउँसो २ बजे सम्म जिल्ला भर ५० हजार भन्दा माथि मतदान भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

बिहीबार बिहान ७ बजेदेखि नै रामेछापका आठ वटै पालिकाका ६४ वटै वडाका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार