रामेछापको उमाकुण्डमा ४० प्रतिशत मतदान
२१ फागुन, रामेछाप । आज भएको मतदानमा रामेछापको उमाकुण्ड गाउँपालिकामा कूल ६ हजार ७ सय ५१ मत खसेको छ । यो पालिकामा ११ वटा मतदान केन्द्र रहेका थिए । ७ वटा वडा रहेको उमाकुण्डमा जम्मा ४० प्रतिशत मत खसेको हो ।
रामेछाप टाइम्सलाई साँझ ५ः४० बजे सम्म प्राप्त जानकारी अनुसार वडा नं १ गुम्देलमा ८७७, वडा नं २ बम्तिमा ११९३, वडा नं ३ १०८९, वडा नं ४ प्रीतिमा ११०२, वडा नं ५ प्रितिमै ८९५, वडा नं ६ गुप्तेश्वरमा ७१२ र वडा नं ७ भूजीमा ८८३ मत खसेको हो ।
उमाकुण्ड सहित रामेछाप जिल्लाभर शान्ति पूर्ण रूपमा मतदान सम्पन्न भएको हो । यो पालिकामा जम्मा १६ हजार ९ सय ३४ मतदाता रहेका छन् ।
