रामेछापको गोकुलगंगामा खस्यो ४४ प्रतिशत मत, सबै भन्दा धेरै बेतालीमा

| फागुन २१, २०८२ बिहिबार

A A A
A A A

२१ फागुन, रामेछाप । आज भएको मतदानमा रामेछापको गोकुलगंगा गाउँपालिकामा कूल ८ हजार ५ सय २७ मत खसेको छ । यो पालिकामा सबै भन्दा धेरै वडा नं ४ बेतालीमा १८ बढी मत खसेको छ ।

 

रामेछाप टाइम्सलाई साँझ ५ः४० बजे सम्म प्राप्त जानकारी अनुसार वडा नं १ चुचुरेमा ११५३, वडा नं २ ठोसेमा १०१०, वडा नं ३ रस्नालुमा १८१०, वडा नं ४ बेतालीमा १८४९, वडा नं ५ नामाडीमा १६८८ र वडा नं ६ फर्पुमा १०१७ मत खसेको नेपाली काँग्रेस रामेछापका नेता सीताराम कार्कीले जानकारी दिए । 

 

६ वटा मतदान केन्द्रमा रहेको यो पालिकामा जम्मा १९ हजार २०१ मतदाता रहेका थिए । जसमा बिहीबार भएको शान्तिपूर्ण मतदानमा ४४ प्रतिशत मात्रै मत खसेको हो । 

मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार