रामेछापको लिखु तामाकोशीमा खस्यो ४०.२९ प्रतिशत मत, सबै भन्दा बढी खिम्तीमा
२१ फागुन, रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा कूल ८ हजार ६ सय १८ मत खसेको छ । सबै भन्दा धेरै वडा नं ६ खिम्तीमा १६ सय २ मत खसेको हो ।
रामेछाप टाइम्सलाई साँझ ५ः४५ बजे सम्म प्राप्त जानकारी अनुसार वडा नं १ दुरागाउँमा ११३७, वडा नं सैपुमा १२०९, वडा नं ३ काङ्बामा ७६६, वडा नं ४ बुजुलीकोटमा १२११, वडा नं ५ नागदह १३९९, वडा नं ६ खिम्तीमा १६०२ र ७ तिल्पुङ्मा १२९४ मत खसेको हो ।
११ वटा मतदान केन्द्रमा रहेको यो पालिकामा जम्मा २१ हजार ३९१ मतदाता रहेका थिए । जसमा बिहीबार भएको शान्तिपूर्ण मतदानमा ४०.२९ प्रतिशत मात्रै मत खसेको हो ।
