रामेछाप नगरपालिकामा खस्यो ४५.७० प्रतिशत मत
२१ फागुन, रामेछाप । जिल्ला पुरानो सदरमुकाम रामेछापमा ११ हजार ८ सय ६ मत खसेको छ । ९ वटा वडा रहेको यो नगरमा कूल २५ हजार ८ सय ५ मतदाता रहेका छन् । ९ वटा वडा रहेको यो नगरमा सबै भन्दा धेरै वडा नं ८ मा १६ सय ३५ मत खसेको हो ।
बिहीबार भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वडा नं १ गोठगाउँमा १ हजार ४६, वडा नं २ देउरालीमा १ हजार २ सय ७९, वडा नं ३ साँघुटारमा १ हजार १२, वडा नं ४ हिमगंगामा १ हजार ५ सय ६, वडा नं ५ रामपुरमा १ हजार ५ सय ३७, वडा नं ६ ओख्रेनीमा १ हजार ४ सय ५०, वडा नं ७ सुकाजोरमा १ हजार ५ सय ९९, वडा नं ८ रामेछाप बजारमा १ हजार ६ सय ३५ र वडा नं ९ ल्याङल्याङमा ७ सय ३० गरी जम्मा ११ हजार ७ सय ९४ मत खसेको जानकारी प्राप्त भएको हो ।
नेपाली काँग्रेसको पकड क्षेत्रको रूपमा परिचय यो नगरमा कूल ४५.७० प्रतिशत मत खसेको रामेछाप टाइम्सको प्रारम्भिक जानकारीमा आएको हो ।
