रामेछापका पूर्व पार्टी सभापति एवं सांसद्का प्रत्याशी खड्काले गगन थापालाई फोन गरेर भने ‘राजीनामा दिन पाउनु हुन्न’

| फागुन २६, २०८२ मंगलबार

A A A
A A A

२६ फागुन, रामेछाप । नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति एवं गएको २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामचन्द्र खड्काले केन्द्रीय सभापति गगन थापाको राजीनामा अहिलेको समस्याको समाधान नभएको बताएका छन् । उनले सभापति थापालाई फोन गरेर राजीनामा गर्न नपाउने विषयमा सुझाएको समेत जानकारी गराएका छन् ।नेता खड्काले भने ‘उहाँले राजीनामा गर्न पाउनु हुन्न, यदि राजीनामा गर्नु भयो भने त्यो भागेको हुन्छ।’

 

मंगलबार बिहान मन्थलीमा मतदातालाई धन्यवाद दिन पत्रकार सम्मेलन गरेका नेता खड्काले केन्द्रीय सभापति थापाले पार्टीलाई चुस्त र दुरुस्त राख्न सबै तहमा विभिन्न समितिहरू गठन गरेर पार्टीलाई असहयोग गर्नेहरूलाई कारबाही गर्ने, क्रियाशील सदस्यलाई पुनः विवरण गर्ने प्रक्रिया टुङ्गो लगाउने र पार्टीलाई ‘ठुलो पार्टी भन्दा पनि’ चुस्त र दुरुस्त’ बनाउनु पर्नेमा जोड् दिएका हुन् । बिहान मात्रै पनि केन्द्रीय सभापति थापाका निकटलाई फोन गरेर राजीनामा दिन नपाउने विषयमा सुझाएको सुनाउँदै रामेछाप काँग्रेसका अग्रज नेता खड्काले भने ‘पार्टी यसरी बिचमा लगेर छोड्न मिल्दैन’ । 

 

सभापति थापाले राजीनामाको साटो नियमित महाधिवेशन गरेर जिम्मेवारी हस्तान्तरण गर्नु पर्नेमा जोड् दिए । 

 

पार्टी भित्रको घात अन्तर्घात, रास्वपालाई ‘अन्डरस्टिमेट’ गरिनु, डिजिटल प्रविधिसँग पछि पर्नु जस्ता कारणले चुनावमा पराजय भोग्नु परेको उल्लेख गर्दै नेता खड्काले रास्वपालाई सम्हालिएर देशको नेतृत्व गर्न आग्रह गरे । 

मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार
मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार