रामेछापमा ‘भूतपूर्व सैनिक सम्मेलन’ हुँदै

| चैत ५, २०८२ बिहिबार

फाइल तस्बिर, नेपाली सेना ।
A A A
A A A

०५ फागुन, रामेछाप । नेपाली सेनाले रामेछापमा ‘भूतपूर्व सैनिक सम्मेलन’ गर्ने भएको छ । त्यसको लागि आवश्यक तयारीको काम समेत सेनाले अगाडि बढाएको जनाएको छ । 

 

नेपाली सेनाको व्यवस्थापन तथा नेपली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलन २०८२’ गर्न लागिएको खड्गदल गण रामेछाप व्यारेकले जनाएको छ । सम्मेलन आगामी २०८३ वैशाख ४ गते हुने तयारी रहेको जानकारी गराइएको छ । सैनिक सम्मेलनमा भाग लिनको लागि यही चैत्र ०१ गतेदेखि आगामी वैशाख ०१ गते सम्म  अनलाईनबाट फारम भरेर समेत आफ्नो सिट/सहभागीता सुरक्षित गर्न सकिने बताइएको छ । 

 

सम्मेलनमा बहालवाला तथा भूतपूर्व सैनिकका असक्त आश्रितहरुलाई ह्वील चियर वितरण गर्ने देखि सर्वोत्कृष्ट लघुवित्त व्यवसायीहरुलाई पुरस्कृत गर्ने लगाएका कार्यक्रम तयारी गरिएको बताइएको छ । 
 

मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार