रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित
१० फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आउँदो फागुन २० गते हुन लागेको निर्वाचनबाट अध्यक्ष बन्नको लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार -आज) स्वतन्त्र उम्मेदवार -कुनै पनि टिम) बिना हालका महासचिव कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । यो पटक एक पूराना दलको उपमा पाएका दलहरु निकट व्यवसायीहरुले मिलेर संघको नेतृत्व गर्ने तयारीमा जुटेका हुन् । यद्दयपी सबै जना एक जुट हुन एकै ठाउँमा मिलाउने नेतृत्व तहले नसकेको पाइयो । दल निकट व्यवसायीको टिममा नअटाएपछि व्यवसायी कुमार श्रेष्ठले अध्यक्षमै उम्मेदवारी दर्ता गर्न भ्याए । उनलाई कुनै पनि टिमले नसमेटेको उनको गुनासो छ ।
त्यस्तै नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट संयुक्त व्यवसायी टिमको तर्फबाट वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षसहित १५ पदको हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा बाहेक अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा कसैको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जसमा महासचिवमा यज्ञ प्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, सचिवमा सिताराम लोहार, कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी -उत्तम) निर्विरोध निर्वाचित भएका हुन् । उनीहरू मध्ये यस अगाडि महासचिव सुवेदी सचिव रहेका थिए । भने, वरिष्ठ उपाध्यक्ष बनेका रिजाल उद्योग उपाध्यक्ष थिए ।
त्यस्तै उदास भने अघिल्लो पटक पराजित भएर संघबाट बाहिर थिए । त्यस्तै सुदिश यस अगाडि पनि कार्यसमितिमा रहेका थिए । लोहार भने पहिलो पटक संघको पदाधिकारीमा प्रवेश गरेका हुन् । कोषाध्यक्ष बनेका उत्तम यस अगाडि पनि कोषाध्यक्ष नै थिए ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाबिच संयुक्त रूपमा मिलेर निर्वाचनमा होमिएका संंघमा आबद्ध निजी क्षेत्रका व्यवसायीहरूको टिममा आजीवन कार्यसमिति सदस्यमा यस अगाडि सदस्य रहेका वासुदेव फुयाँल, महिला सदस्यमा पहिलो पटक मञ्जु माझीले अवसर पाएकी छिन् । खुल्ला सदस्यमा क्रमशः श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठले उम्मेदवारी दर्ता गरे ।
संघको इतिहासमै पहिलो पटक गरिएको एसोसियट प्रयासमा टिकाराज आरण इन्ट्रि (प्रवेश) भएका छन् । फागुन २० गते संघको ९ औँ जिल्ला अधिवेशन हुँदै छ । ३ वर्षे कार्यकालको लागि निजी क्षेत्रका व्यवसायीहरूको नेतृत्व गर्ने अधिकार सम्पन्न संघ जिल्लामा निजी क्षेत्रको बलियो संगठन हो ।
