रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा खस्यो ८०.२१ प्रतिशत मत, गणना सुरु

| चैत २०, २०८२ शुक्रबार

A A A
A A A

२० चैत्र, रामेछाप । आज सम्पन्न रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ८०.२१ प्रतिशत मत खसेको छ । जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा शुक्रवार बिहान देखि सुरु भएको मतदानमा जिल्ला भरका एक हजार ३ सय ६२ मत खसेको हो । 

 

संघमा कूल १ हजार ६ सय ९८ मतदाता रहेका थिए । १५ पद मध्ये अन्य सबैमा निर्विरोध भएको संघको निर्वाचनमा अध्यक्ष पदको लागि मात्रै संयुक्त व्यवसायी टिमको तर्फबाट प्रकाश कुमार श्रेष्ठ र एक (स्वतन्त्र भन्दै) कुनै टिक बाहेक कुमार श्रेष्ठले अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका हुन् । 

 

मुख्य निर्वाचन अधिकृत चूडामणि अर्यालका अनुसार साँझ ५ बजे सम्म भएको मतदानमा ३ सय ९६ जना महिला र ९६६ पुरुष गरी कुल १३ सय ६२ मत खसेको हो । अहिले खसेको मतलाई पेटिकासहित संघको भवनमा ल्याएर मतगणना सुरु गरिएको छ । 

 

निर्वाचन समितिले मतगणना सकेर आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत अर्यालले रामेछाप टाइम्सलाई बताए । 

तस्बिरहरु 

मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २१, २०८२ बिहिबार