रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
२० चैत्र, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी भएका छन् । उनले निवर्तमान कार्यसमितिको महासचिव एवं अध्यक्षका प्रत्याशी कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । ५२९ मतान्तरसहित पराजित गरेका हुन् । कुल खसेको मतको प्रकाश कुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा प्रतिस्पर्धि कुमारले ४०३ मत पाएका छन् । निर्वाचन समितिले केही बेरमा औपचारिक घोषणा गर्ने तयारी थालेको छ ।
शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको मतदानमा ३९६ महिला सहित कूल १३ सय ६२ मत खसेको थियो । १ पदको लागि भएको निर्वाचनमा संयुक्त व्यवसायीको टिमको तर्फबाट प्रकाश कुमार श्रेष्ठ र स्वतन्त्र व्यवसायीको मात्रै भन्दा मत मागेका कुमार श्रेष्ठबिच प्रतिस्पर्धा भएको थियो ।
जिल्लाको निजी क्षेत्रका व्यवसायीहरूको नेतृत्व गर्ने एक मात्रै बलियो संस्था संघमा अन्य १४ पदाधिकारीहरू भने निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्षमा सर्व सहमतिमा नमिले पछि भएको मतदानमा संयुक्त व्यवसायीको टिमका उम्मेदवार प्रकाशले फराकिलो मत ल्याएर निर्वाचित भएका हुन् ।
१६ सय ९८ मत मध्ये कुल १३ सय ६१ मत एवं ८०.२१ प्रतिशत मत खसेको हो । निर्वाचित टिमले ३ वर्ष काम गर्ने छ ।

