अपराधिक गतिविधि रोक्न नागरिकहरुको भूमिका पहिलो हुन्छ–वकिल शर्मा (भिडिओ)

| असार २१, २०७८ सोमबार

A A A
A A A

२१ असार,रामेछाप । रामेछापका सरकारी वकिल यदुनाथ शर्माले जिल्लामा अपराधिक गतिविधि न्युनिकरण गर्न नागरकिहरुको भूमिका पहिलो हुने बताएका छन् । उनले पछिल्लो समय मुद्धा दर्ता गरेपनि पीडिले विभिन्न वहाना, धम्कि र प्रलोभनमा परि उसको भूमिकामा परिवर्तन ल्याउदा समस्या हुने गरेको भन्दै त्यो कार्य नागरिक स्तरमा अन्त्य हुनु पर्नेमा जोड् दिए । 

 

सोमबार कार्यालयमा मानव अधिकार संजाल रामेछापसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने "जिल्लामा पछिल्लो समय घटना दर्ता हुन्छन् । हामी मुद्धालाई अगाडी बढाउछौं । तर, पहिले मुद्धा दर्ता गराएकाहरुलेनै केही समयपछि आफै घट्ना मिल्यो, समस्या समाधान भयो भन्ने प्रवितिले हामी केही गर्न नसक्न अवस्थामा पुग्ने गरेका छौं । पीडितले बोली फेर्दा समस्या हुने गरेको छ  भने ।"

 

सरकारी वकिल पूर्ण रुपमा न्यायको पक्षमा हुने भन्दै वकिल शर्माले पीडितहरुलाई कानुनी परामर्शको खाँचो खड्किएको दाबी गरे । 

 

उनले जिल्लामा सरकारी वकिलहरुले न्यायको पक्षमा सधै पीडितको आवज बोल्ने पनि जिकिर गरे । उनले आफूहरुको सेवाको बारेमा पीडिहरुलाई जानकारी नहुन दुखद् भएको बताए । 

 

शर्माले समुदायमा आफूहरुको कामको प्रचार हुन नसक्दा आफूहरु गुप्चु बनेको बताए । जिल्लामा न्याय मर्न नदिनको लागि आफूहरु सधै चनाखो रहेर काम गरिरहको भन्दै सबै नागरिक, सामाजिक संघ, संस्था, प्रहरी प्रशासन, जिम्मेवार निकायले घटनालाई लुकाउने र तोड्मोड् नगरी यथार्थ प्रस्तुत गर्न आग्रह गरे ।

भिडियो हेर्नुहोस् 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार